चितवनमा कराते मास्टर्स मिट हुने

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोग तथा निर्देशनमा नेपाल कराते महासंघको आयोजनामा यही चैत्र ११ देखि भरतपुर चितवनमा ७ओै मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभाको आयोजना हुने भएकोछ । ७ प्रदेश, ७७ जिल्ला तथा ३ बिभागिय टिमका सिनियर प्रशिक्षक,प्रशिक्षक,स्वयम सेवक प्रशिक्षक लगायत सिनियर ब्ल्याक बेल्ट मास्टर्सहरु करिव एकहजार सहभागी रहने प्रचार-प्रसार संयोजक तथा समाचार प्रवक्ता गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराउनुभयो । उक्त सहभागी हुने मास्टर्सहरुलाई महासंघका अध्यक्ष एवम करातेका संस्थापक गुरु युवराज लामा,सह अध्यक्ष तथा संस्थापक दावा गुरुङग, करातेका सिनियर प्रशिक्षक महेश कुमार श्रेष्ठ,प्रमुख प्रशिक्षक तुलसी कुमार महर्जन, रेफ्री संयोजक राजेन्द्र कपाली लगायतले प्रशिक्षण गराउनेछन । साथै नेपाल कराते महासंघको साधारण सभा ( निर्वाचन ) पनि ११ र १२ मा सम्पन्न हुने अध्यक्ष युवराज लामाले जानकारी गराउनुभयो । मास्टर्स मिट तथा साधारण सभा लगातार ३ दिनसम्म्म चितवन स्थित भरतपुर पटियानी-२२ मा अवस्थित कभर्डहलमा सन्चालन हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *