नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा एपीएफको १४ बलमै जित

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्दा अर्को खेलमा एपीएफले पनि सहज जित निकाल्यो।

सुदूरपश्चिमविरुद्ध पहिलो ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। उसका लागि साना प्रभिनले ३५ रन बनाउँदा गोमा आलेले १० रन बनाएकी थिइन्। जवाफमा सुदूरपश्चिम पनि निर्धारित २० ओभरमा ७६ रनमा समेटिएपछि मधेशले लगातार दोस्रो जित निकालेको हो।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफले लगातार दोस्रो जित निकाल्यो। बिहीबार पोखरा रंगशालामा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

पहिलो ब्याटिङ गर्दै एपीएफले दिएको २८ रनको कमजोर लक्ष्य एपीएफले १४ बलमै लक्ष्य पूरा गरेको थियो। गण्डकीले १८.२ ओभर खेले पनि उसका कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

एपीएफका लागि इन्दु वर्माले २ विकेट लिँदा निसा भट्ट सीता रानामगर, सुमन विष्ट, नेरी थापाले समान एक विकेट लिएका थिए।

२७ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफले एक विकेट गुमाएर २.२ ओभरमा पूरा गरेको थियो। उसका लागि कप्तान सीता रानामगर १२ रनमा अविजित रहँदा इन्दु वर्मा ९ रनमा अविजित रहेकी थिइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *