सामूहिक बालिका बलात्कारको आरोपमा काठमाडौंको धापासीबाट दुई युवक पक्राउ

Uncategorized समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सामूहिक बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी दुई युवकले एक बालिकामाथि सामूहिक बलात्कार गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक मेलम्ची–३ घर भइ काठमाडौंको धापासी बस्दै आएका २१ वर्षका आशिष भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–७ घर भएका २१ बर्षका कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *