काठमाडौ । ‘रत्न–महेश्वर स्मृतिग्रन्थ’ शनिबार सार्वजनिक गरिएको छ । हास्यव्यङग्य लेखक कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’, लक्ष्मण गाम्नागेसहितका श्रस्टाहरूले संयुक्त रुपमा स्मृतिग्रन्थको लोकापर्ण गरेका थिए । कार्यक्रममा चट्याङ मास्टरले महेश्वर र रत्न घिमिरेका बारेमा स्मृतिग्रन्थ लेखेर महेश्वर र रत्नका सन्ततीहरुले आफ्ना पितृहरुप्रति देखाएको श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको बताए ।
साथै यस कृतिले भावी पिँढीलाई अग्रजहरुप्रति सम्मान गर्न प्रेरणा मिल्ने उनको भनाइ थियो । कृतिमाथि टिप्पणी गर्दै रमेश शुभेच्छुले रत्नकुमारी र महेश्वरको योगदानको चर्चा गरेका थिए । उनले कृतिबाट आयोजक परिवारमा पिता, माता र पितृहरुप्रति श्रद्धा गर्ने क्षमता र गुण विद्यमान रहेको देखिने भन्दै उनीहरुको यस्तो अनुकरणीय कार्यको प्रसंशा व्यक्त गरे । कार्यक्रममा कृतिका सम्पादक गणेश घिमिरेले स्मृतिग्रन्थको औचित्यमाथि प्रकाश पार्दै कृतिभित्र समेटिएको लेख रचनाको चर्चा गरे ।