नयाँ शैक्षिक सत्रको लागि नन्दी मा बि नक्सालमा विद्यार्थी भर्ना अभियान शुरु

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौ । नक्साल स्थित नन्दी माध्यामिक विद्यालयले विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । विद्यालयले विद्यार्थी भर्ना अभियान कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । शैक्षिक सत्र २०८० सालको शैक्षिक शत्रको लागि शुक्रबार विहान विद्यालयले एक ¥यालीको आयोजना समेत गरेको छ । ¥यालीमा विद्यार्थी र शिक्षकहरुको सहभागीता रहेको थियो । सो ¥याली ले नारायण चौर हुँदै गैरीधारा,टंगाल,मालीगाउँ,हाँडीगाउँ,सानो गौचरण,ज्ञानेश्वर,कमलपोखरी,,हातीसार, नागपोखरी लगायतका स्थानहरुको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागी शिक्षक (विद्यार्थीले विभिन्न शैक्षिक नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले नन्दी मा बि ले प्रत्येक वर्षको शैक्षिक प्रारम्भ संगै आम सर्वसाधारणको जानकारीका लागि ¥यालीको आयोजना गर्ने गरेको बताउनु भयो। उहाँले भन्नुभयो ‘यस्तो ¥याली मार्फत् हामीले अभिभावकको ध्यान खिच्न सकेका छौं ।’ उहाँले हामी संग अत्यन्तै योग्य र तालिमप्राप्त शिक्षकहरुको टीम हुनुका साथै भौतिक सुबिधासम्पन्न शैक्षिक पूर्वाधार समेत रहेकोेले अभिभावकलाई एकपटक विद्यालयको भ्रमणको निम्तो दिन पनि ¥यालीको आयोजना गरिएको उल्लेख गर्नुभयो। यसैगरी विद्यालयका विहानी सत्रका संयोजक माधव ओलीले यस्तो ¥याली बाट शिक्षकहरु थप उत्साहित हुने र समुदाय प्रति बिद्यालयको जिम्मेवारी लाई बुझ्न महत्वपूर्ण हुने बताउनु भयो । यस्तै शिक्षक प्रभा पन्तले ऐतिहासिकता र गौरवमय शैक्षिक बिरासत बोकेको नन्दी मा बि को सकारात्मक पक्षलाई जनसमक्ष लिएर जाने यत्न स्वरूप यो ¥यालीको आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँले नन्दी मा बि नक्साल क्षेत्र कै एक शैक्षिक धरोहर भएको र यो हामी सबैका लागि विशेष महत्वपूर्ण भएको बताउनु भयो ।

नन्दी काठमाडौं महानगर पालिका वडा नं १ को नमूना बिद्यालयको रुपमा सञलन हुँदै आएको छ । यहाँ प्लेग्रुप देखि मा बि तह सम्म का बिद्यार्थीहरुका लागि आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सामग्रीको पर्याप्त सुविधा रहेकोछ। निशुल्क अध्ययनको अवसरका साथै स्वस्थ्यकर खाजा खान पाउने अवसरको संपूर्ण विद्यार्थीले उपयोग गर्न पाउन भन्ने थप उद्देश्यले पनि ¥यालीको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *