नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राख्न अनुमति

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका ८ जनालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। काठमाडौँ प्रहरी परिसरबाट समय माग भएपछि जिल्ला अदालतले अनुसन्धानका लागि समय दिएको हो। संगठित अपराध कानुनअनुसार अनुसन्धान अघि बढाएको यो प्रकरणमा ६० दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ।

जिल्ला अदालतले निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दिप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो। पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझी फरार भएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *