प्रहरीलाई अनुसन्धानमा डिस्टर्ब गर्नु हुँदैन भन्ने सबैको सहमति छः प्रधानमन्त्री प्रचण्ड

मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा आशंका गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

बुधबार सिंहदरबारमा भएको तीन दलका शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले प्रहरीले आफ्नो काम गरिरहेको र त्यसमा धेरै आशंका गर्नुपर्ने कारण नरहेको बताएका हुन्।

‘आशंका गर्नुपर्ने केही कारण छैन। हामीले विल्कुल क्लियर भाषामा भनेका छौँ– दोषी कोहो नछुटुन् र निर्दोष कोही नपरोस्। प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले प्रहरीलाई स्ट्याण्डिङ अर्डर दिएकै छौँ। प्रहरीले आफ्नो काम गरेको छ,’ उनले भने।

यस विषयमा प्रहरीलाई डिस्टर्ब गर्नु हुँदैन भन्ने सबैको सहमति रहेको पनि उनले बताए। उनले भने, ‘विधि विधानअनुसार, नियम पद्धतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ। हामी राजनीतिक नेतृत्वले आफ्नो काम गरेका छौँ। यो विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, डिस्टर्ब गर्नु हुँदैन भन्नेमा हाम्रो सबैको सहमति छ।’ सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *