नायक ,निर्माता रू १ लाख ५० हजार नगदसहित सम्मानित

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ।  ग्रेटर नेपाल महाअभियानले शान्तिवाटिकामा  भ्रष्टाचार बिरूध्द एक सभाको आयोजना गर्‍यो। उक्त सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानले देशभक्त नायक नवल खड्कालाई रू१ लाख ५०हजार नगद सहित सम्मान, प्रोत्साहनसमेत गरेको छ। सो सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले भ्रष्टाचारीलाई समाजमा नाङ्गेझार गर्दै देश र देशनिर्माणमा कटिबद्ध भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नु पर्ने बताए। यसैकारण हामीले चलचित्र “दशगजा” आवाज, क्रान्ति, भिमदत्त, काँडेतार जस्ता फिल्म नायक, निर्माता, निर्देशन, देशभक्ति भावना संचार गर्ने नवल खड्कालाई सम्मान गरेको कुरा बताए। सो सभामा नवल खड्काले सम्मानित हुनु पाउँदा खुसि ब्यक्त गर्दै अझै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको भन्दै सिमानामा काँडेतार बार लगाउनु पर्छ भनेर खुल्ला प्रस्ताब गरेका छौं, संसदमा वहस होस्, हरेक देशबिदेशमा बहस होस् हाम्रो माग अनि चाहाना भएको बताए। उनले सिमानामा काँडेतार लगाउन आवश्यक भएको कुरालाई बुझाउन हाल चलिरहेको नक्कली भुटानी शरणार्थी काण्ड खुला सिमानाका कारण भएको उदाहरण दिएका थिए र जसले आफ्नो देशको नागरिक बेच्छ,त्यसले देश पनि बेच्छन् ,त्यसैले देशभक्तहरू एक भएर अघि वढनु पर्ने आजको आवश्यकता हाे खड्काले भने ।उक्त कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठ ले पनि सम्बोधन गरेका थिए। भ्रष्टाचारले मुलुक बर्वादीतर्फ गइरहेको र राष्ट्रिय मुद्धा र राष्ट्रिय सम्मानमा आँच आइरहेको सदृष्टान्त बताए मुलुक बचाउन सिमानामा काँडेतार नै लगाउनु पर्छ भन्ने भनाइ राख्नु भाे । अभियान्ता तारा बरालले काँडतार फिल्मलाई शुभकामना दिदै , देश पहिलो भने सबैले मनन गर्नुपर्छ भन्ने बिचार राखेकि थिइन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *