अमेरिकाविरुद्ध नेपालको शानदार शुरुवात

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध उत्कृष्ट शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस जितेर पहिला बलिङ गरिरहेको नेपालले अमेरिकाका शुरुवाती चार विकेट लिएर खेलमा शानदार शुरुवात गरेको छ ।

नेपालका लागि चारै विकेट करण केसीले लिएका हुन् । नेपालले खेलको पहिलो पावरप्लेको १० ओभरमा ४ विकेट लिएर केवल १९ रन दिएको थियो । नेपाली बलरहरुले अमेरिकाका ब्याट्सम्यानलाई शुरुदेखिनै दबाबमा राख्न सफल भएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *