काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। संयोगले गुरुङको नाम हाल पशुपतिनाथमा राखिएको सुनको जलहरी प्रकरणमा पनि उल्लेख भइरहेको छ।
Facebook Comments Box