काठमाडौँ- जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले यूएईमाथि ३ विकेटको जित हात पारेको छ । यूएईले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै रन बनायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ७९ रन जोडे । कुशल भुर्तेलले ३२ रन र सन्दीप लामिछानेले २३ रन बनाए ।
यूएईका मुहम्मद जवादुल्लाहले ३ विकेट लिए । यसअघि टाकासिंगा स्पोर्ट्स क्लबमा टस हरेर पहिले ब्याटिङ गरेको यूएईले ४६.५ ओभर खेल्दै पूरै विकेटको क्षतिमा १८१ रन बनायो ।
यूएईका लागि कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन, रोहन मुस्तफाले ३५ र बासिल हमिदले २९ रनको योगदान गरे । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र प्रतिश जीसीले १/१ विकेट हात पारे । सन्दीपले १० ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिएका हुन् ।
त्यसैगरी करण केसीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए । उनले यूएईका ओपनर आसिफ खानलाई खेलको दोस्रो बलमा बिनाखाता खोली पभेलिएन फर्काएका थिए । नेपाल आज विजेता भए सातौं स्थानका आयरल्यान्डको सामना गर्नेछ ।