साउन १ देखि फोहोर व्यवस्थापन गर्न दबाबमुलक आन्दोलन गर्ने सुमित्राको घोषणा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

लामो समयदेखि नुवाकोटको सिसडोल क्षेत्रमा काठमाडौं महानगरपालिका लगायतको फोहोर व्यवस्थापन अव्यवस्थित भइ फोहोरमैलाको कारण त्यस क्षेत्रमा परेको प्रतिकुल असर परिरहेको छ । त्यसमाथि पनि फोहोर व्यवस्थापनलाई लिएर फोहोरी राजनीति गर्ने र जनताको समस्या समाधान नगर्ने प्रवृत्तिको विरोध गर्दै कलाकार सुमित्रा ढकाल घिमिरे आफ्नो नेतृत्वमा साउन १ गतेदेखि सम्बन्धित निकायमा दबाबमुलक आन्दोलन उत्रने अभियानमा छिन् । स्थानीय वासिन्दा समेत रहेकी ढकालको नेतृत्वमा आफ्नो एरियामा वर्षौ देखि हुँदै आईरहेको फोहरको राजनीतिको दीर्घकालिन समाधान खोज्न सम्बन्धित निकायहरुलाई दवाबमूलक आन्दोलन गर्न लागिएको हो । आन्दोलनको विषयमा मोडल तथा कलाकार सुमित्रा ढकाल घिमिरेको भनाई यस्तो छ — ‘फोहोर मैलाको विषयमा बोल्दा राम्रो कुराको लागि बोल्दा, काम गर्दा बरु जेल जान पनि तयार अब चाही चुप लागेर बस्ने स्थिति नै छैन । गाउँमा बसिसाद्धे छैन, के अब हामी पनि खाडि मुलुक नै जानुपर्ने हो बेचिन श्रम बेच्न ? समस्या हाम्रो हो अरु कसैले केही गर्दैन । आफ्नो लागि आफै लड्नु पर्छ । हामीलाई त यति धेरै पीडित बनाका छन् कि हाम्रो भावी पुस्ताको हालत के हुन्छ ? भोलि हाम्रो बच्चालाई के जवाफ दिने ? दीर्घकालीन सोच सबैमा हुनुप¥यो नि । कर्णाली पारीका गाउँहरु कति विकसित भैसक्यो हामी चाहिँ काठमाडौंबाट २० किमिमा बसेर पनि टाँउको समायर धुरु धुरु रुनु प¥याछ ।’
उनले अगाडी प्रश्न गरेकी छन ‘ककनीमा नेतृत्व गरेको स्थानिय सरकार नेपाल सरकारको सम्माननीय प्रधानमन्त्री, नुवाकोटले नेतृत्व गरेको अर्थमन्त्री, बाग्मती प्रदेश सरकारको अर्थ मन्त्री भएको बेला फोहोरको समस्याको समाधान नभए कहिले हुन्छ ? ईआईएको प्रतिबेदन कहिलेसम्म आउँछ ? यसको प्रतिबेदन आएपछि कति केमिसम्म जग्गा अधिकरण हुन्छ ? यो प्रक्रिया छिट्टै हुने हो भने बजेट बनाउँदा गुरुयोजना नबनाई बालुवामा पानी हाले जस्तो बजेट किन ? ठेकेदारी र बिचौलिया संरक्षक कहिलेसम्म ?’

आफ्नो भनाई राख्दै उनले स्थानीय वासीमा अपिल गरेकी छन् विगत लामो समय देखि हाम्रो ककनी गाउँपालिकाको वडा नं २, सिसडोल हुँदै आज बञ्चरे डाँडा कुडुलेमा काठमाडौं महानगरपालिका लगायत २१ वटा नगरपालिकाको फोहोर विसर्जन हुँदै आएको कुरा तपाईं हामी सबैलाई अवगत नै छ । यसबाट हामी ककनी गाउँपालिका अन्तर्गत १,२,३ वडा र धुनवेसि नगरपालिकामा पर्ने १,३,४ नं वडाका जनसमुदायहरु फोहोरको कारण एकदम पीडामा बाँच्नु परेको छ । दिनानुदिन झिंगा, श्याल, बौलाहा कुकुर लगायत विभिन्न जनावरले गाउँमा आतंक फैलाई रहेको छ । अझ सबै भन्दा ठूलो कुरा त क्यान्सर लगायतका प्राणघातक रोगको सिकार बन्नु परिरहेको अवस्था तपाई हामी सबैलाई अवगत नै छ । न त तपाईं हामीलाई राज्यको ठूलो ओहदामा हुनेले हेर्छन् न त हाम्रो गाउँपालिका र वडाको प्रतिनिधिहरुले गर्छन् । अब त झन हाम्रो ककनी गाउँपालिकाको प्रमुखले काठमाडौं महानगरपालिकाबाट आउने प्रत्यक गाडिहरुसँग १५०० सय कर उठाउँने निर्णय गरेको रहेछन् । हामीलाई २४ घण्टा मर्नु न बाँच्नुको अवस्था छ, हाम्रो घाउँमा मलम लगाउनुको सट्टा नुन खुर्सानी दलेर मार्न खोजिरहेका छन् । अब तपाईं हामी आफ्नो भविष्यको लागि एकजुट हुने बेला आएको छ । मिति २०८० साउन १ देखि स्थानीय वासीले भोग्दै आईरहेको पिडादायी दिनको अन्त्य र दीर्घकालिन सुनिश्चित् भविष्यकोे पक्षमा हुन गैरहेको आन्दोलनमा सम्पूर्ण स्थानीय वासीमा सहभागिताको लागि हार्दिक अपिल गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *