भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छः डा.लोहनी

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- राप्रपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री डा.प्रकाशचन्द्र लोहनीले भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताएका छन् ।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले सरकार भारतसँग सीमा समस्या,डुबान र ईपीजीका विषयमा कुरा उठाउन नचाहेको जिकिर गरे ।

लोहनीले भारतसँगको परनिर्भता बढ्दै जाँदा सरकार मानसिक रुपमा कमजोर भइरहेको बताए । उनले मुलुकलाई चामलमा समेत आत्मनिर्भर बनाउन नसक्दा समस्या भइरहेको बताए ।

उनले नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेतर्फ उन्मुख नभएको बताए । उनले नेपालमा खाद्यान्नको भण्डार नहुँदा मूल्य वृद्धि बढ्ने निश्चित रहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *