वर्तमान संविधानमाथि नै खतरा छ : संयोजक सिटौला

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेपाली कांग्रेसका नेता एवं नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेता, कार्यकर्ताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन् ।

आज जनकपुरधाममा संवाद केन्द्रद्वारा आयोजित संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा विभिन्न प्रदेशमा गरिएको छलफल र भेलामा स्थानीय नेताहरूको मत बुझ्दा आफ्नै पार्टीका जनप्रतिनिधिसमेत संविधान कार्यान्वयन गर्न नचाहेको सहितका गुनासो सुनिएकाले आफूलाई चिन्ता लागेको उनले बताए ।

नेता सिटौलाले अहिलेसम्म ती प्रदेशमा भएको कार्यक्रममा आएका गुनासो र तर्कका आधारमा संविधानप्रति जनताको वितृष्णा फैलिँदै गएको बताए । संविधान कार्यान्वयनका लागि बन्नुपर्ने मुख्य कानुनसमेत बन्न नसक्दा प्रदेश सरकार अधिकारविहीन भएर काम गर्न नसकेपछि निरीहजस्तै हुँदा जनतामा प्रदेश सरकारमात्र नभई संविधान नै उचित नरहेको भ्रम पर्न थालेकामा उनले चिन्ता व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *