प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको छ : केपी ओली

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् । एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।ओलीले देश बनाउने परिस्थिति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताए । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति, वाइडबडी लगायतमा छानबिन गरे सत्तामा रहेकाहरू नै जेल पर्ने दाबी गरे । उनले ८४ को निर्वाचनमा अरु सबै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै उनले विरोधीहरूलाई देखाउनका लागि पनि एकताबद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *