नाईल बचतको तेह्रौं वार्षिक साधारण सभा

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । शनिबार नाईल बचत तथा ऋण सहकारी संस्था लि. ले तेह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
नैकाप चन्द्रागिरि काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष निलमणि पाठकद्वारा प्रस्तुत संस्थाको वार्षिक प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, स्वतन्त्र लेखापरिक्षकको प्रतिवेदन, वासलात हिसाब, लेखा परिक्षक नियुक्ति, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. २०८०÷०८१ को लागि पारित गरेको छ । साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व. मा चालु दायित्व अन्तरगत शेयरपूँजी १ करोड ६० लाख ३१ हजार रुपैयाँ, कोष हिसाब ४३ लाख ७३ हजार ३ सय ४६ रुपैयाँ, बचत÷निक्षेप ५ करोड ७२ लाख २९ हजार ९ सय ३१ रुपैयाँ, चालु दायित्व ४४ लाख २२ हजार ६ सय १२ रुपैयाँ, व्यवस्थाहरु ३२ लाख ६६ हजार १ सय ४४ रुपैयाँको भएको छ । त्यसैगरि सम्पत्ति लगानी, चालु सम्पत्ति गरि चालु आ.व. मा संस्थाको जम्मा कारोबार ८ करोड ५३ लाख २३ हजार ३३ रुपैयाँको भएको छ । हाल संस्थामा ६ सय भन्दा बढी सदस्य रहेका छन् भने सहकारीको कारोवार सहज ढंगबाट अगाडी बढीरहेको छ । साधारण सभा संस्थाका अध्यक्ष निलमणि पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *