मेलिना र चुडामणिको स्वरमा ‘मुखले ठिक्क बनाउने’ भिडियो सार्वजनिक

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो हालै सार्वजनिक भएको हो । सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसै क्रममा उनले आफ्नो पछिल्लो गीतपनि मेलिनासँग गाएका हुन् । यस गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको पहिलो स्क्रिन शेयर हो ।

अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईंको छायाँकन र सञ्जिला सुमित्राको कोरियो ग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ । उदयपुर त्रियुगा नगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए । हाल उनी वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । आफ्नो पछिल्लो गीत ‘मुखले ठिक्क बनाउने’ रिलिज गर्दै उनले भने, ‘विदेश जानु वाध्यता हो, त्यसैले देशबाहिर रहेर पनि मेरो मन गीतसंगीतमै छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *