‘द पोएट आइडल सिजन २’ सम्पन्न सन्जितालाई उत्कृष्ट ड्रेस डिजाइनको सम्मान

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। सिक्किमका सिमियोन सुकिता राईले ‘द पोएट आइडल सिजन २’ प्रथम भएका छन् । अन्तिम फिनालेमा प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले दश लाख नगदसहितको पुरस्कार जितेका हुन् । राईले एभरेष्ट फिल्म कलेजबाट एक वर्षको स्नातक अध्यायनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट एक लाखको गिफ्ट भौचर प्राप्त गर्नु गरेकी छन् । ‘पोएट आइडल’को दोस्रो सिजनमा लोकप्रिय कवि उपेन्द्र सुब्बा, अनुप बराल, विप्लव प्रतिक र केकी अधिकारी निर्णायक भूमिकामा हुनुहुन्थ्यो । निर्णायक मध्येकी अभिनेत्री केकी अधिकारीको लागि कार्यक्रम अबधि चार महिनाको ड्रेस चर्चित ड्रेस डिजाइनर सन्जिता बरालले तयार पार्नु भएको हो । निर्णायक मण्डलकी अधिकारीका लागि सुन्दर ड्रेस तयार पारिदिनु भएकीले सिजन २ मा उत्कृष्ट ड्रेस डिजाइनको सम्मान सन्जिता बरालले पाउनु भएको छ । उहाँले नेकस्ट सुपर मोडल २०१७, मिस एण्ड मिसेज नेपाल एलिगेन्स २०१८, मिस नेपाल २०२२ लगायतका दर्जनौ बिग रियालिटी शोमा प्रतिस्पर्धीहरुको लागि ड्रेस डिजाइन गरेबापत उत्कृष्ट सम्मान तथा अवार्ड पाईसक्नु भएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *