ईशाराको एकल शो पुनः सुरु हुने

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गायनसंगै समाजसेवामा समेत सकृय चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम सुरुगर्ने भएका छन् । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम २०८१ बैशाख ६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने भएका छन् । कलाकार इशाराले ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ आदि प्रहशन प्रस्तुत गर्ने भएका छन् । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आएका छन् । ईशाराले बिगतमा मृगौला पिडित खोटाङका हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, राजेन्द्र राई, दोलखाकी कौसिका ठकसरी, झापाकी ललिता चाम्लीङ लगायतकालाई आर्थिक सहयोग उपलब्ध गराई सकेका छन् । कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्राम देखि विभिन्न रोगबाट पिडितहरुको लागि आर्थिक सहयोग जुटाउदै आएका छन् । कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परेका दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताए । १४ औं एकल शो बैशाख ६ गते बिहिबार राष्ट्रिय नाचघर जमलबाट शुभराम्भ हुने कार्यक्रमको संयोजक बन्दना किराँती, धरान ट्राभल्र्स टुर एण्ड प्रालि सातदोेबाटोको आयोजनामा हुन लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *