काठमाडौँ- नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।
रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न पुगेका छन् । प्रधानसेनापति शर्मापछि दोस्रो वरियतामा अर्का बलाधिकृत रथी अशोक सिग्देल छन् ।
रथी थापा अहिले संयुक्त राष्ट्र संघको डिसइनगेजमेन्ट अब्जर्भर फोर्स (अनडफ) मिसनमा फोर्स कमान्डरको रूपमा कार्यरत छन् । ललितपुरमा २०२४ सालमा जन्मिएका थापा २०४३ सालमा नेपाली सेनामा भर्ती भएका थिए ।
Facebook Comments Box