न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको ताज सुष्मिताले जितिन्

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा न्युलुक मिस एन्ड मिसेस युनिभर्सलको सिजन २ भब्यताको साथ सम्पन्न भएको छ । जमल नाचघरमा भएको यस कार्यक्रम निकै उत्साहजनक रहयो । मिस एन्ड मिसेस गरि १५ जना प्रतिस्पर्धी रहेको यस प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले जितेका छन भने फस्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेन्ड रनरअपमा तिला राणाले जितेका छन । त्यस्तै मिस तर्फको ताक दिया भट्टराईले पाए भने फस्ट रनरअप प्रशंसा पोखरेल छ्न भने सेकेन्डमा कमला श्रेष्ठले जितेका छ्न । जसमा जजहरुमा ५ जना रहेको छ । जजहरुमा पुर्व मिस नेपाल उषा खड्गी , संजय खतिवडा ,गायक ओम सुनार, न्युलुकको अध्यक्ष बिश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा रहेको छ । प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री तथा संसद माननीय सत्य पहाडी रहेको छ । मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहेको छ । जस्मा टाइटल स्पोन्सर न्युलुक , एभिएसन ट्रेनिङ पार्टनरमा एयर होस्टेज एन्ड एयरपोर्ट ग्राउन्ड कृउ , हेयर वोइल पार्टनरमा श्री केश जडिबुटी ,एजुकेशन पार्टनरमा काठमाडौं वर्ड स्कुल रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *