एनप्याब्सनको अध्यक्षमा सुवास न्यौपाने पदबहाली

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) को अध्यक्षमा सुवास न्यौपाने पदबहाली हुनुभएको छ । २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उहाँलाई अध्यक्षमा पदबाहली गरेको हो।

सातौ महाधिवेशनमा आलोपालोका लागि भएको सहमति बमोजिम यसअघि रहेका केन्द्रिय अध्यक्ष पाण्डव हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले तत्कालीन सह(अध्यक्ष सुवास न्यौपानेलाई अध्यक्षमा पदबाहली गरिएको बताइएको छ। यद्यपि पदबाहाली कार्यक्रममा निवर्तमान अध्यक्ष हमाल भने अनुउपस्थिति रहेका थिए।

पदबाहली कार्यक्रममा तत्कालीन सहअध्यक्ष सुवास न्यौपाने सभापति रहनुभयो भने संस्थापक वसन्त बहादुर श्रेष्ठ प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो। उक्त कार्यक्रममा पुर्व पदाधिकारी, बर्तमान केन्द्रिय समितिका सदस्यहरु, देशैभरीका जिल्ला अध्यक्ष, महानगर, नगर, र पालिकाका अध्यक्ष साथै शैक्षिक संस्थाका संचालक, प्रिन्सिपल, डाइरेक्टरहरुको उपस्थिती रहेको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *