राप्रपा देशको मुख्य महत्वपूर्ण शक्ति हो: नवराज धमला

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
नवराज धमला , केन्द्रीय सम्पर्क समन्वय विभाग सदस्य, राप्रपा

नवराज धमला राष्ट्रिय राजनितिमा चिरपरिचित नाम हो । राजनितिमा विभिन्न आरोह – अवरोह पार गर्दै यति वेला धमला राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सम्पर्क समन्वय विभागको सदस्य रहनु भएको छ । यसका अलाका उहाँ केही व्यापार व्यवसायमा पनि सव्रिmय हुनुहुन्छ । उहाँ नेपाल नेस्नल पार्केट एण्ड डेकुरेटरर्सको प्रबन्ध निर्देशक हुनुहुन्छ । समाजसेवा क्षेत्रमा पनि उहाँले स्वच्छ छविको रुपमा सव्रिmयता बढाउनु भएको छ । समाजसेवा गरिरहनु भएको छ । राप्रपाका युवा नेता धमला प्रवासी एकता समाजकोे पूर्व सल्लाहकार हुनुहुन्छ भने रिलायन्स कम्पनीको दिल्ली स्टेट मेनेजर समेत हुनुभएको थियो । प्रस्तुत छ राप्रपा युवा नेता नवराज धमलासंग गरिएको कुराकानीः

वर्तमान अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?
देशको वर्तमान अवस्थालाई तत्काल विश्लेषण गर्दा देशको आन्तरिक समस्याहरुलाई सम्पूर्ण पार्टी प्रणाली एक ठाउँमा बसेर गोलमेच सम्मेलन बाट निकास दिनुपर्छ । सिमा समस्याको विषयमा, धर्म संस्कृतिको विषयमा , देशको आयात–निर्यातका विषयमा, ठूला उद्योगहरुलाई माथि उठाउने विषयमा सम्पूर्ण पार्टीहरुबीच गोलमेच सम्मेलन हुनुपर्छ । यसैगरी राज्यका निकायबाट प्राविधिक शक्तिहरु परिचालन गरि आन्तरिक समस्याहरुका समाधानका लागि मुख्य सरकारी निकायहरु जिम्मेवार हुनुपर्छ ।
जल जंगल मुख्य आय स्रोतको केन्द्र हो । यसमा दक्ष–अदक्ष जनशक्ति परिचालन गरि संरक्षण र प्रवद्र्धनको विकास गर्नु र गराउनु पर्छ । देशका कतिपय ठाउँमा जंगलमा काठहरु कुहिएर गइरहेका छन् । यसतर्फ सरकारी निकायको ध्यान पुग्न नसकेको देखिन्छ, ध्यान पुग्नु पर्छ । जिम्मेवार बन्नु पर्छ । यसै गरी अहिले देशमा सेनाको संख्या हटाउनु पर्छ भन्ने सुनिएको छ । अहिले देश जति सेना छन , त्यसलाई दोवर बनाएर जल र जंगलमा परिचालन गर्न सकियो भने जंगलमा काठहरु कुहिएर जाने अवस्था आउने थिएन र जलमा वैदेशिक हस्तक्षेप पनि जोगाउन सकिने थियो । यसबाट देशका युवाले आफ्नै देशमा बसेर काम गर्ने अवसर मिल्ने थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र ६२ किलो सुन प्रकरणलाई कसरी टिप्पणी गर्नुहुन्छ ?
नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्दा यो देशको एउटा गम्भीर लापरवाही हो । जिम्मेवार पदमा बस्ने व्यत्तिले गैर कानुनी काम गर्दा कस्तो किसिमको सजाय दिने भनेर हाम्रो देशको कानूनमा लेखिए तापनि ठूला व्यक्तिलाई कारवाही गर्न सकेको छैन । कुनैपनि जनप्रतिनिधि राज्यको मुख्य निकायमा पुगेर देश र जनतालाई लुट्ने , ठग्ने गर्छ भने उनीहरुको तीन पुस्ताले सरकारी निकायमा बसेर कुनै पनि मुख्य निकायमा बसेर काम गर्न नपाउने गरी कानून संशोधन गरिनुपर्छ । देशको मुख्य निकायमा बस्ने व्यक्तिले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनताको ख्याल गर्नुपर्ने हो । तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएर ठूला व्यक्तिले नै राष्ट्रको अपमान गरेको देखिन्छ । अरुलाई विक्री गर्दा आफ्नै परिवार सदस्य र आफ्नै नागरिकता समेत जालझेलमा परेको उहाँहरुले बुझ्नु भएन जस्तो देखिन्छ । यसै गरि ललिता निवास जग्गा प्रकरणले राष्ट्र राष्ट्रियता र राष्ट्रिय अस्मितामाथि चोट पुगेको देखियो । ठूला नेता संलग्न भएको चर्चामा मात्र आयो । निष्पक्ष रुपमा आँकलन गर्ने हो भने यस्ता प्रकरणमा जो सुकै संलग्न भएको भए पनि कानूनी दायरामा ल्याउन हिच्किच्याउनु हुँदैन । यसैगरि नेपालमा पछिल्लो समय ६२ किलो सुन प्रकरण चर्चामा छ, ठूलो सुन तस्करी भएकाले मात्र यो प्रकरण चर्चामा आएको हो । सुन प्रकरणसँगै अन्य धेरै वस्तुहरु नेपाल भित्रिने र नेपालमा वस्तुहरु विदेश पठाउने र यहाँको निर्यात भएको वस्तुहरु सडाएर, गलाएर , कुहियाउने र त्यसको कुनै मूल्य नहुने हुनाले नै आज नेपालको उद्योग धन्दाहरु संकटमा परेका हुन् । अब व्यापारिक सिण्डिकेट खारेज गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउनु पर्छ ।

यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी के गरिरहेको छ ?
यसै मेसोमा भन्नुपर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देशको मुख्य महत्वपूर्ण शक्ति हो । राप्रपाले उठाइ रहेका मुद्धालाई अब सम्पूर्ण पार्टीहरुले आत्मसात गर्दै हातेमालो गरेर अघि बढ्नु पर्ने बेला आएको छ । यदि त्यो भएन भने यो देश अन्य कुनै शक्तिको हातमा पर्नेछ र हामीसँग भएका खनिज पदार्थ, प्राकृतिक स्रोतहरु , धर्म संस्कृति संस्कार सबै आफ्नो पकडमा पारि दिनेछन् । र देशलाई खाली कचौरा बनाएर हाम्रा पुस्तालाई हस्तान्तरण गर्ने छन् र तिनीहरुले फेरि हामीले भन्दा अझ बढी संघर्ष गर्नु पर्ने अवस्था सृजना गर्ने छन् । त्यसैले यस्ता विषय राप्रपाले उठाइरहेको छ ।

राप्रपाले अघि सारिरहेको नविन राप्रपा अभियान कसरी अघि बढिरहेको छ ?
नविन राप्रपा अभियान पुरानो सोचाईबाट माथि उठेर देशमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने सोचाईमा अघि बढिरहेको छ । परम्परागत रुपमा हामीले गर्दै आएका कार्यहरुबाट आत्मनिर्भर हुन गाह«ो छ । समय अनुसार हिजो एक दिन लाग्ने काम आज एक घण्टा भित्र सम्पन्न गर्नुपर्ने छ । अन्र्तराष्ट्रिय जगतले जसरी विकासमा फड्को मारिरहेको छ, हामीले पनि हाम्रो राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोतलाई जोगाउँदै र त्यो भन्दा अझै दुई गुणा माथि उठेर काम गर्नु पर्छ भन्ने मान्यतामा नविन राप्रपा अभियान संचालन गरिएको हो, यो अभियानमार्फत देशका युवा र महिलाहरुलाई राप्रपामा भित्र्याईदैछ । खास गरि युवा र महिलालाई राप्रपामा भित्र्याउन लागि यो अभियान संचालन गरिएको छ । यो अभियानमार्फत देशभर दुइ लाख सक्रिय सदस्य बनाइदैछ । राष्ट्रिय चिन्तन भएका सम्पूर्ण राष्ट्रप्रेमी , जनसमुदायलाई नविन राप्रपा अभियानमा सामेल गराई सानालाई माया गर्ने र ठूलालाई सम्मान गर्दै आफ्नो समयलाई कार्यक्षेत्रमा उतारेर समयको सदुपयोग गर्दै आर्थिक, भौतिक र राजनीतिक रुपमा सम्पन्न बनाउने अभियानमा हामी छौ ।

राप्रपामा राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनु भएको छ ?
अध्यक्ष राजेन्द्र लिङ्देन स्वच्छ छवि भएका इमान्दार राजनीतिज्ञ हुनुहुन्छ । अध्यक्ष लिङ्देनले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नुभएको छ । यहि हाम्रो लागि पनि मार्गदर्शन हो । आज देश यो अवस्थामा आउनुको प्रमुख कारण भ्रष्टाचार नै हो । त्यसैले राप्रपामा राजेन्द्र लिङ्देन स्वाभिमानी नेता हुनुहुन्छ । राप्रपा भित्र मात्र हाइन वाहिर पनि उतिकै प्रशंसा छ, आकर्षण छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतालाई यहाँले कसरी लिनु भएको छ ?
यसै मेसोमा भन्नुपर्दा राजा ज्ञानेन्द्र शान्तिप्रेमी, विकासप्रेमी, राष्ट्रप्रेमी र जनप्रिय हुनुहुन्छ । त्यसै कारण उहाँलाई राष्ट्रको अभिभावकको जिम्मेवारी दिन सकियो भने यो देशमा कुनै राष्ट्रहरुबाट हस्तक्षेप सहनु पर्ने थिएन । उहाँ एउटा धर्म संस्कृतिको संरक्षक पनि हुनुहुन्छ । हिन्दू राजाको रुपमा हिजोको दिनमा विश्वले नेपालमा राजसंस्थालाई मानेकै हो ।

देशव्यापी रुपमा फैलिरहेको महँगीबारे के भन्नुहुन्छ ?
यो देशमा एकातिर राजनीतिक अस्थीरता छ भने अर्कोतिर आज देशमा, व्यापक रुपमा महँगी बढिरहेको छ । महँगी बढ्नुको प्रमुख कारण व्यावसायिक सिण्डिकेट बाट नै हो । देशमा सिण्डिकेट नियन्त्रणमा राख्न नसक्नु राज्य संचालकहरुको कमिकमजोरी हो । उपभोक्ता र उत्पादकबीचको सम्बन्ध सुमधुर नहुनुको कारण विचौलिया प्रवृत्ति दावी भएको हो । त्यसैले यतिबेला उत्पादक र उपभोक्ता दुवै मर्कामा परेका छन् । त्यसैले राज्यले बेलाबेलामा जिम्मेवार भएर मूल्य निर्धारण गर्दै गयो भने मूल्य सूचि कायम गराई प्रत्येक नागरिकलाई वितरण गर्न सकियो भने मूल्य निर्धारण सहज हुन्थ्यो कि ?

अन्तमा देशव्यापीलाई सन्देश दिनुस न ?
त्यसो त हामीले सधै–राष्ट्रका प्रमुख व्यक्ति र पार्टीका प्रमुख व्यक्तिहरुलाई गाली गरेर मात्र हुँदैन । हामी आफूले केही गर्नुपर्छ । संघर्ष जिवन हो । दुःख साथी हो, मेहनत पूजा हो । एक अर्काको सहयोगी बन्दै आफु आत्म–निर्भर बन्ने सोचाईमा लाग्यौ भने हामीले एक छाक खान र लाउन कहिल्ले चिन्ता लिनु पर्दैन । मानिसको सम्पत्ति भनेको छ चिज हुन्छ । एक नम्बरमा शारिरिक स्वास्थ्य , स्वास्थ्य सन्तुलन राख्नका लागि नियमित खानपिनमा ध्यान दिनु पर्छ । दुई नम्बरमा पारिवारिक एकता हो । ठुलालाई सम्मान गर्ने र सानालाई माया गर्ने , रोगीको सेवागर्ने ग¥यो भने त्यो चिजलाई नियन्त्रणमा लिन सकिन्छ । तीन नम्बरमा सामाजिक इज्जत हो । समाजमा आफ्नो इज्जत उच्च राख्नको लागि समाजप्रति आफुले केही योगदान पु¥याएको र आफु पनि अनुशासन भित्र रहेर काम गरेको हुनु पर्छ । यसै गरी चार नम्बरमा व्यवसायिक छवि हो , यसलाई जोगाई राख्न हामीले कस्तो काम गर्दै छौ र त्यसको मूल्य कति लिदै छौ , आफ्नो परिश्रमिकमा रमाउने मानिस व्यवसायिक छवि भएको मानिन्छ । यसै गरी पाँच नम्बरमा आर्थिक उन्नती हो । माथि उल्लेखित चार चिजलाई जोगाई राख्न हामी आर्थिक सम्पन्न पनि हुनुपर्छ ।
त्यसै गरी छैठौ नम्बरमा राष्ट्रिय स्वाभिमान र स्वाधीनता नै हो , यो चिज हामीलाई राष्ट्रले दिने चिज हो । यो चिज आजको समयमा देशको कुनै पनि नागरिकलाई प्राप्त भएको छैन । त्यसैले पाँचै चिजमा सम्पन्नता हासिल गरेतापनि छैठौ नम्बर भएको चिजले हामी सबै गरिब जस्ता भएका छौ । त्यसैले हामी सबै यि कुराहरुको प्राप्तीका लागि साना–ठुला , धनि –गरिब नभनि अगाडी बढौं । एक दिन हामी सम्पूर्ण नेपालीहरु यसमा विजयी हुनेछौं ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *