हामी देशैंभर उम्मेदवार उठाउने तयारीमा छौं : तेजकुमार कुरुम्बाङ्ग

Uncategorized अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
तेजकुमार कुरुम्बाङ्ग सहमहामन्त्री, राप्रपा नेपाल

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई राप्रपा नेपालले कसरी लिएको छ ?
यो प्रतिनिधि सभा र प्रदश सभा निर्वाचनलाई राप्रपा नेपालले सकारात्मक रुपमा लिएको छ । गत स्थानीय चुनावमा पनि हाम्रो लागि जनता माझ जाने त्यति समय भएन । हाम्रो पार्टी भर्खरै पूनरगठित भएकाले हामीले देशैँ भर संगठन गर्न भ्याएनौँ । तर अहिले सम्म आइ पुग्दा हाम्रो संगठन विस्तार हुँदै गएको छ । यो चुनाव हाम्रो लागिपनि राम्रो हुनेछ भन्ने मलाई लागेको छ ।

राप्रपा नेपालले निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
यस पटकको निर्वाचनको दौरानमा हामी जनता माझ जान थालिसकेका छौँ । हामी ७७ वटै जिल्लाका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा उम्मेदवार उठाउने तयारीमा छौँ ।

राप्रपासँग चुनावी तालमेल हुने संभावना छ कि छैन ?
हाम्रो चुनावी तालमेल राप्रपासँग मात्र नभएर अन्य जुनसुकै पार्टीसँग पनि हुने संभावना छ । ठाउँ विशेष तालमेल हुनेछ ।

राप्रपा नेपालले प्रदेश सभा र प्रतिनिधि सभामा कस्ता उम्मेदवारहरु उठाउँदै छ ?
राप्रपा नेपालले नेपालको संविधान र पार्टीको विधान अनुसार महिला, जातजाती, क्षेत्र मिलाएर उम्मेदवार उठाउँदै छ ।

तपाई पनि पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने चर्चा छ नि ?
पार्टीले निर्णय गरेर उठायो भने म पाँचथरबाट प्रतिनिधि सभा सदस्यमा उठ्न तयार छु ।

यस पटकको निर्वाचनमा राप्रपा नेपालको अवस्था रहला ?
राप्रपा नेपाल यो चुनावबाट केही स्थान जित्दै राष्ट्रिय पार्टी हुनेछ । र पाँच वर्षपछि हुने अर्को निर्वाचनमा अरु ठूला पार्टीलाई उछिन्न सक्छ ।

राप्रपा नेपालको यस पटकको निर्वाचनमा भाग लिने एजेण्डा बताइदिनुस न ?
राप्रपा नेपाल अन्य पार्टी भन्दा फरक विचार, फरक एजेण्डा र सुस्पष्ट विचार बोकेर हिडेको पार्टी भएकोले नेपाली जनतामा वेग्लै पहिचान छ । हाम्रो पार्टीले सम्वद्र्धनबाद, सुशासन र समृद्धिको कुरालाई स्पष्ट पारेर जनता सामु जाँदैछौँ, गरिरहेका छौ । यस्तै धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउने, भ्रष्टाचारलाई निवारण गर्ने र नेपालमै रोजगारीका अवसर दिलाउने प्रतिबद्धताका साथ हामी जनतामाझ जाँदै छौ ।

राप्रपा नेपालले हिन्दु राज्य बनाउने अभियान छोड्न तर राजसंस्थालाई आफ्नो एजेण्डाबाट हटायो नि ?
यो राम्रो प्रश्न सोध्नुभयो । यो देशमा हिन्दु धर्म भित्र रहेका ८०–८१ प्रतिशत छन, र अंकार परिवारभित्र ९४ प्रतिशत छन् । ॐकार परिवारभित्र किराँत धर्म,बौध्द धर्म लगायत सबै धर्मावलम्बी पर्छन् । यसरी अधिकांश (९४ प्रतिशत) अंकारमा आवद्ध रहेका राष्ट्र नेपाललाई रातारात धर्मनिरपेक्ष गरेर स्वतन्त्र धर्मको नाममा हाम्रो मुलुकलाई संसारको सबैभन्दा बढी धर्म परिवर्तन भइरहेको अवस्थामा पु¥याएका छन् । कुनै पनि धर्म मान्ने एकले अर्कोलाई आफ्नो धर्ममा आकर्षण गर्न कुनै आर्थिक, मानसिक र नैतिक प्रलोभन देखाएर अर्थात पैसा लगानी गरेर धर्म परिवर्तन गर्न पाइदैन भन्ने हाम्रो संविधाननै स्पष्ट लेखिएको छ । तर संसारमा डेढ अर्ब हिन्दुवादी छन् । ती सबै हिन्दुवादीहरुको आस्थाको केन्द्रबिन्दु नेपालको राजधानीसहित रहेको काठमाडौँ उपत्यकालाई देवभूमि मान्ने गर्छन् । ती देवस्थलहरु मध्ये पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर लुम्बिनी सहित छन् । यस्ता हिन्दुहरुको केन्द्रविन्दुलाई पून ः हिन्दु राष्ट्र बनाउने हाम्रो अभियान कायम छ । यसै मेसोमा भन्नुपर्दा राजसंस्था यो देशको ऐतिहासिक संस्था हो । त्यो स्पष्ट छ । तर २०६२÷६३ को परिवर्तन पछाडी यो देशमा आमूल परिवर्तन भएको अवस्थामा पनि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पूनरावहालीका लागि जोडदार आवाज उठाउनु भएकै कारण आज भोली सडकमा देखिन आएका राजावादी झुण्ड उत्पादन भएका छन् । तर अध्यक्ष कमल थापाको यति लामो प्रयासमा पनि अन्य पार्टीहरुलाई राजसंस्था प्रति आकर्षण बढाउन भने जति प्रगति गर्न नसकिएको कारण र राजा स्वयम्ले आफुले यो दलीय व्यवस्थाका विभिन्न पार्टीका प्रमुखहरुसँग सम्पर्क,सम्वाद र प्रयास नगर्नुका कारण अब राजसंस्था फर्किने कुनै सम्भावना देखिदैन । र राजा अथवा राजसंस्था तीन करोड नेपालीले मान्य हुनु पर्छ । तर राजसंस्थाका तर्फबाट तत्कालै राप्रपाको महाधिवेशनमा हस्तक्षेप भएको कुरा स्पष्ट छ । र सय प्रतिशत राजसंस्था मान्ने पार्टी राप्रपालाई समेत हस्तक्षेप हुन्छ भने अन्य पार्टीहरुलाई राजसंस्थाप्रति कसरी आकर्षण र सहमत गराउन सकिन्छ भन्ने प्रश्नसँगै राप्रपा नेपालले अब राजसंस्था बोक्दैन भन्ने सबैले बुझ्नु पर्छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
मुलुकमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आइरहेको छ, यो निर्वाचन हामी जस्ता पार्टीका लागि अवसर र चुनौती दुवै हो । यो निर्वाचनमा हामी राष्ट्रिय पार्टी हुने मनसाय बोकेर अघि बढिरहेका छौं । हिजोका दिनमा जनताले हाम्रा अध्यक्ष कमल थापालाई कति माया गर्थें यो माया यो पटकको निर्वाचनमा पनि हामीले खोजेका छौं । त्यसैले आगामी राप्रपा नेपाललाई जिताउन सबै देशवासीमा म हृदयदेखि आग्रह गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *