राप्रपाप्रति जनताको माया, मोह र स्नेह छ: तीर्थराज चटौत

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
तीर्थराज चटौत केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी

तीर्थराज चटौत नेपाली राजनितिमा चिनाई रहनु पर्ने नाम होइन । उहाँ यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय सदस्य हुनुहुन्छ । राजनितिक यात्राको व्रmममा उहाँ राप्रपाको कार्य सम्पादन समिति सदस्य , सहायक महामन्त्री , सहकारी विभाग प्रमुख हुनु भएको थियो । २०४३ सालदेखि राजनितिमा सव्रिmय हुनु भएका चटौत २०४८ मा राप्रपा (चन्द) को कन्चनपुर जिल्ला उपाध्यक्ष हुनु भयो भने दुई पटक राप्रपा कन्चनपुरको जिल्ला अध्यक्ष हुनुभयो । यसै गरी उहाँ २०७४ सालको संविधानसभा निर्वाचनमा कन्चनपुर जिल्ला क्षेत्र नं ३ बाट उम्मेदवार बन्नु भएको थियो । हसिलो स्वभाव , स्पष्टवक्ता, मिलनसार, समाजसेवी तिर्थराज चटौत पेट्रोलियम ढुवानी व्यवसायी र हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा निर्देशक समेत हुनुहुन्छ । प्रस्तुत छ देशको वर्तमान सेरोफेरोमा केन्द्रित रहेर राप्रपाका केन्द्रिय सदस्य चटौतसँग गरिएको कुराकानी ः

मुलुकको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?
अहिले देश भिसन अपठ्यारोमा गुज्रिरहेको छ । ठुलो आर्थिक संकटको सामना गर्नु परिरहेको छ । खर्चको अनुपातमा राजस्व संकलन धेरै कम देखिन्छ । वैदेशिक सहायताको देशले भर पर्नु परेको अवस्था छ । यसको प्रमुख कारण संघीयता र तिन तहका सरकारको खर्चको कारणले खर्च कम भएको हो । र प्रदेशको संरचनाको कारणबाट पनि आर्थिक संकट भोग्नु परेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणलाई कसरी लिनु भएको छ ?
राजनिति भनेको देशको सेवा र जनताको सेवा गर्नु नै मुख्य हो , तर अहिले जुन राजनितिक दलहरुले शासन चलाएका हुन् । यिनीहरुले देश सेवा र जनताको सेवा गर्नु भन्दा बाहिर गएर , आफ्नो स्वार्थपूर्ति र आफु मात्र कसरी कमाउने भनेर लागेको देखिन्छ । नेपालीलाई भुटानी शरणर्थी बनाउनु घोर अपराधिक काम हो , जनघात हो , राष्ट्रघात हो र राष्ट्रकै अपमान पनि हो । यो प्रकरणले देशको अन्तराष्ट्रिय रुपमै वेइजत भयो । साथै ललिता निवास जग्गा प्रकरणमा भन्नु भन्दा सरकारी जग्गा हिनामिना गर्नु झन ठुलो राष्ट्रघाती काम हो । यस प्रकरणमा सत्तामा बसेर पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री , पूर्व सचिवदेखि सयौले जग्गा हिनामिना गरेको देखिन्छ । यो पनि घोर अपराधिक काम हो । राष्ट्र विरोधी काम हो ।

सय किलो सुन काण्ड के हो त ?
त्यसो त सुन काण्डहरु नेपालमा धेरै भए । धेरैले उन्मुक्ति पाए । संसदीय दानविन समिति बने, दोषीलाई कुन कारवाही भएन । यिनै सत्तासीन एवं प्रमुख दलका नेताहरुले पटक पटक सुन काण्ड गर्दै आएका छन् । ३३ किलो सुन काण्ड हामीले देखेकै हौ । अहिले एक सय केजि सुन पनि यिनै दलहरुका नेताहरुको मिलोमतोबाट ल्याएको संचार माध्यमबाट हामीले थाहा पाइरहेका छौ । यति ठूलो ओहोदामा पुग्ने व्यक्तिहरुको राष्ट्रघाती काम गर्नुले हामी सबैलाई दुखित तुल्याएको हो ।

देशव्यापी रुपमा भएको अन्य भ्रष्टाचारलाई कसरी हेर्नु भएको छ ?
भ्रष्टाचारको बारेमा बोलेर साध्यै छैन । देशव्यापी रुपमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरुमा पनि बाटोघाटो बनाउने, ठेक्कापट्टा गर्दा आफ्ना मान्छेलाई ठेक्कापट्टा दिन स्वयं जनप्रतिनिधिहरु नै लागिरहेको देखिन्छ । जनप्रतिनिधिहरु आफैले विभिन्न मेसिन खरिद गरी आफैले भुक्तानी लिइरहेका छन् । समस्त रुपमा भ्रष्टाचारको जालो फैलिरहेको छ । तर भ्रष्टाचार विरोधी पार्टी यो मुलुकमा राप्रपा मात्र देखिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैया घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । के अन्य पार्टीका नेताले यस्तो भन्न सक्छन् ?

तर राप्रपा पनि पटक पटक सत्तामा गएकै हो, जनताको लागि र भ्रष्टाचार नियन्त्रण गर्न के ग¥यो त ?
राप्रपा सरकारमा पटक–पटक गएकै हो । यस पार्टीबाट निर्वाचित भएका सांसद, नगर प्रमुख गाउँ अध्यक्ष, वडा अध्यक्ष जितेका ठाउँमा बाटोघाटो निर्माण गर्न, स्कुलमा राम्रो शिक्षा दिन, स्वास्थ्य शिक्षा निशुल्क गराउनुका साथै स्वयं सांसदले समेत सरकारबाट आफूलाई पाउने सुविधा कटौती गरेर जनसेवामा लगाउनुका साथै राष्ट्रिय स्तरका खेलाडीहरुलाई आफ्नो पारिश्रमिक दिनु, वडामा रहेका वृद्धवृद्धाहरुलाई आफूले पाएको सुविधा नदिई वितरण गरेको तपाई हामीले देखेकै कुरा हो । यस्तो काममा अन्य पार्टीका कुनै पनि सांसदसहितका जनप्रतिनिधिको ध्यान गएको देखिदैन ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन केहि समय उपप्रधान मन्त्री भएर के काम गर्नुभयो ?
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको ४० दिनको मन्त्रिपरिषदमा संलग्नता भएको बेलामा आफ्नो निर्वाचन क्षेत्र मात्र होइन , देशका विभिन्न ठाउँहरुमा विकास निर्माण हुने गरी विगत तिन वर्षदेखि सरकारले पिपिए नगरी विद्युत उत्पादन गर्ने कार्य बन्द गरेको अवस्थामा उहाँले उर्जा मन्त्री भएपछि १५०० मेगावाट विद्युत उत्पादन गर्न विभिन्न अनुमति दिलाउनुभयो । जसको कारण विभिन्न विद्युत उत्पादन गर्ने कम्पनीहरुले विद्युत उत्पादन गर्न अनुमति पाएँ । आज सम्मको इतिहासमा कुनैपनि मन्त्रिले अवकाश लिएर गइसकेपछि पनि विद्युत उत्पादक संघ (इफान) ले धन्यवाद दिने गरेको थिएन । तर हाम्रा अध्यक्ष राजेन्द्र लिङदेनलाई राप्रपाको पार्र्टी कार्यालयमा इफानका अध्यक्षसहितका पदाधिकारीहरु गई धन्यवाद दिएर आएका छन् । यो भन्दा अरु राम्रो काम अरु के हुन्छ र त्यस्तो संस्थाले धन्यवाद दिएपछि ।

राप्रपाले कसरी संगठन विस्तारै गर्दैछ ?
यसै मेसोमा भन्नुपर्दा यहि जेठ ४ गते बसेको केन्द्रिय समितिको निर्णय अनुसार नविन राप्रपा अवधारणा अघि सारिएको छ । नविन राप्रपा अभियान ४० वर्ष मुनिका युवा–युवतीलाई समावेश गराउने, पाकाहरुको सम्मान गर्ने, सक्रिय भएर काम गर्ने व्यक्तिलाई अघि ल्याउने, सक्रिय हुन नसक्ने शुभचिन्तकहरुलाई सम्मानजनक रुपमा पार्टीभित्र राख्ने र सक्रिय सदस्यहरुको संख्या दुई लाख पु¥याउने लक्ष्य छ । गाउँ वडा तहसम्मै संगठन फैलाउने हाम्रो योजना छ ।

नविन राप्रपा अभियानलाई सफल पार्न तपाईको तर्फबाट के गर्दै हुनुहुन्छ ?
म कन्चनपुर जिल्लाबाट पार्टीको महाधिवेशन प्रतिनिधि भई केन्द्रीय सदस्य निर्वाचित भएको छु । हाल मलाई पार्टीले डडेलधुरा जिल्लाको परशुराम गाउँपालिका, आलिताल गाउँपालिका र भाग्यश्वर गाउँपालिकामा पार्टी संगठन गर्ने जिम्मेवारी दिएको छ । प्रारम्भिक कामको चरणमा यहि श्रावण ७, ८ र ९ गते डडेलधुरा जिल्ला गई तिनवटै गाउँपालिकाका नेता कार्यकर्ता, शुभचिन्तकहरुसँग भेटघाट गरी फर्केको छु । साथै अमरगढी नगरपालिका एवं जिल्ला स्तरका कार्यकर्तासँग डडेलधुरा सदरमुकाममा बैठक बसेर फर्केको छु । अब फेरि पार्टीले खटाए अनुसारका स्थानमा ६ महिनासम्म सक्रिय रहनेछु ।

राप्रपालाई जनताले कसरी लिएको पाउनुभयो ?
ठूला दलहरुको अकरमण्यताका कारणबाट जनताहरु आजित भएको पाइयो । अब उनीहरुको कुनै पनि कामलाई जनताले विश्वास नगरेको स्पष्ट देखियो । राप्रपाप्रति जनताको माया, मोह र स्नेह राम्रो पाइयो । खासगरी ज्ञानेन्द्र शाही र रविन्द्र मिश्रहरुको प्रवेशले राप्रपाप्रति जनताले उत्साह र भरोसा गरेको पाइयो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतालाई कसरी लिनु भएको छ ?
यसै मेसोमा भन्नुपर्दा, नेपाल देश चिनाएको राजसंस्थाले हो । राजसंस्थाले नेपाल एकीकृत गरेको हो । राजसंस्थाबाटनै नेपाली जनता कहिल्यै विदेशी गुलाम हुनु परेन । वास्तवमा राजसंस्थालाई जनताले हराएको पनि होइन । मनोनितहरुले एउटा कोठामा बसेर थप्पडी बजाएर राजसंस्था हटाएका हुन् । तर जनताको अझै राजसंस्थाप्रति अगाध स्नेह र सद्भाव छ । अहिले पनि ठूला दलहरुमा ५० प्रतिशत भन्दा बढी राजसंस्था र हिन्दुधर्म मान्ने नै छन् । विदेशी दवाव र हस्तपेक्षको कारण मुलुकबाट राजसंस्था हटाइएको हो । राजा यतिबेला किन कार्यक्रममा हुनुहुन्छ, संवोधन गर्दै हुनुहुन्छ यो जुन चाहना अनुसारै हो । राजा जनताले बोलाएको ठाउँमा जानै नहुने, बोल्नै नहुने हो ? एक नागरिकका हैसियतले जो जहाँ पनि जान पाउने संवैधानिक अधिकार हो । यो अधिकार राजा ज्ञानेन्द्रमा पनि छ ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?
सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी, वा आमालाई के अनुरोध गर्न चाहन्छु भने यहाँहरुले पटक पटक ठूला दलहरुलाई सत्तामा पु¥याउनुभयो, उनीहरुले गरेका क्रियाकलाप तपाईहरुले भोग्नुभयो, देखिरहनु भएको छ । र आगामी दिनमा एक पटक राप्रपालाई सत्तामा पु¥याएर देश निर्माणमा सहभागी गराउन निम्ति म हार्दिक अनुरोध गर्दै राप्रपाले इमान्दारी पूर्वक देश र जनताको सेवा गर्ने कुरा विश्वास दिलाउन चाहन्छु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *