गणेश इशाराको एकल कमेडी शो’ हङकङमा हुने

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । गतवर्ष देशको बिभिन्न जिल्लामा आफ्नो प्रस्तुति देखाएका हास्यकलाकार गणेश इशाराले आगामी साता हङकङमा रहेका नेपालीलाई हसाउँने भएका छन् । ‘जो धेरै हाँस्छ उ धेरै बाँच्छ’भन्ने मुल नाराका साथ हास्यकलाकार गणेश ईशारा राईको ‘गणेश इशारा राई एकल कमेडी शो’ हङकङमा हुने भएको छ । ईशाराको एकल शो हङकङमा अक्टोबर १५ तारिखमा हुनेछ । कार्यक्रमलाई एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीको प्रस्तुतिमा याक एण्ड यति रेष्टुरेन्ट हङकङले आयोजना गर्ने भएको हो ।
हास्यकलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रमदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् । उनले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापनागरि बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहयोग गर्दै आएका छन् । कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदनहल र भट्टीपसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ लोकप्रिय प्रहसन हुन् । हङकङमा हुने कार्यक्रममा ईशाराका साथमा आफ्नो कर्मथलो बनाईरहेको स्थानीय नेपाली कलाकारहरुको पनि प्रस्तुती रहने बताईएको छ । कार्यक्रमको संयोजन एभरेष्ट ईन्टरनेशनल ट्रेडिङ कम्पनीका प्रबन्ध निर्देशक लोक आङबुहाङले गरेका छन्भने प्रायोजकहरुमा सिताराम राई, प्रकाश आङबुहाङ ‘टेन्सन’, लक्ष्मीप्रसाद सम्बाहाम्फे, नविन चाम्लिङ राई, सुमन वनेम र भवेश घिसिङ लामाको रहने छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *