पत्रकार सुबेदीले गरे पुरस्कार वापतको रकम सर्प पिडितलाई सहयोग

समाचार
खवर पाटी (खोज खबरको अभियान)

चलचित्र पत्रकार बिष्णु प्रसाद सुबेदीले पुरस्कार वापतको रकम सर्प पिडितको सहयोगार्थ हस्तान्तरण गरेका छन् । राजधानीमा सम्पन्न चौथो म्युजिक एण्ड फेसन अवार्ड २०२३ मा ‘सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत सुबेदीले पुरस्कार वापतप्राप्त ११ हजार एक सय ११ रुपैयाँ सर्प पिडितको सहयोगार्थ हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथखनालको हातबाट पुरस्कार ग्रहण गरे लगत्तै सुबेदीले सोही समारोहमा सिन्धुलीका सर्प पिडितको सहयोगार्थ पत्रकार डब्बु क्षेत्रीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । सिन्धुली स्थायी घर भएका क्षेत्री मार्फत नै त्यहाँका सर्प पिडितको अवस्थाबारे थाहापाएको बताउँदै सुबेदीले उपयुक्त तरिकाले पिडितको राहतका लागि रकम खर्च गर्न क्षेत्रीलाई नै जिम्मा दिएका थिए । झण्डै दुई दशक लामो समय देखि निरन्तर रुपमा पत्रकारिता गर्दै आएका सुबेदीले पुरस्कार वापत प्राप्त रकम यसै गरि समाजिक कार्यमा खर्च गर्दै आएका छन् । पत्रकार सुबेदी लेन्स नेपाल डटकमका सम्पादक हुन ।
समारोहमा अग्रज पत्रकार मदनकुमार श्रेष्ठलाई ‘बिशिष्ठ पत्रकारिता सम्मान’ र पत्रकार अखण्ड भण्डारीलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ अर्पण गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *