कराते पहिलो दिन पदक बिहिन

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

मित्र राष्ट्र चीनको हाङझाउमा सन्चालन भईरहेको १९ ओै एसियाली खेलकुद अन्तर्गत कराते खेलको प्रतिस्पर्धामा आज ( ५ अक्टुवर ) पहिलो दिन नेपालले खराब प्रदर्शन गरेको छ। आज पहिलो दिन प्रतिस्पर्धा भएका नेपालका तिनवटै ईभेन्टसका तीनै खेलाडी पराजित भएका छन् । पुरुष तर्फको एकल कातामा नेपालका सोनिम मानन्धर पहिलो राउन्डमै पराजित भए। उनको ईभेन्ट्समा ६ जना खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी पाँचौ स्थानमा रहे । सोही ईभेन्टसका अन्य चार खेलाडीहरु अघिल्लो प्रतिस्पर्धाका लागि पुगेका थिए। त्यसैगरि महिला तर्फ एकल कातामा एलिसा रास्कोटी मगर ८ खेलाडीहरु मध्ये छैटौ स्थानमा रहदा अघिल्लो चरणमा उक्लन सकिनन्। आजै भएको पुरुष तर्फ कुमिते -७५ किलो तौल समूहमा नेपालका मोहमद आलम पनि अन्तिम १६ बाट माथि उक्लन सकेनन । आलम पहिलो प्रतिस्पर्धा काजकिस्तानका खेलाडी संग ५-० ले पराजित भए ।अन्तिम प्रतिस्पर्धा रिपाचेमा उनी किर्गिस्तान खेलाडीसँग १-० ले पराजित हुदा आज पहिलो दिन करातेको पदक जित्ने आशा टुंगिएका छ,भने अव करातेको ५ वटा प्रतिस्पर्धा बाकी रहेकोमा भोली अक्टुवर ६ तारिख महिला तर्फ -६१ किलोमा निरुपा तामाङ्ग र पुरुष तर्फको ८४ किलो भन्दा माथि तौल समुहमा बिप्लव लाल श्रेष्ठले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *