काठमाडौँ – इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार कार्य सुरु भएको छ । सोमबार इजरायली आर्मीले जोखिम क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न थालेको हो ।
बर्दियाका लुइस रिजालले इजरायललको जोखिम क्षेत्र सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेका छन् ।
प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ । त्यहाँ फसेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको पहलस्वरूप अहिले ३१ नेपालीलाई हमास नियन्त्रित क्षेत्रबाट तेल अभिभ सारिएको छ । अहिले उनीहरूले बल्ल राम्रोसँग सास फेर्न पाएका छन् ।
Facebook Comments Box