यू-१९ प्रिमियर कपः बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले लगातार दोस्रो जित हात पारेको छ ।समूह ‘ए’ अन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो ।

 

आजको खेलमा ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा केवल ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा अर्जून कुमालले ३२ रन तथा कप्तान देव खनालले ३२ रनको योगदान गरे । बहराइनका लागि ३ वटै विकेट अनास ओबाइद सयदले हात पारे ।

यसअघि बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमात्र जोड्न सक्यो ।

बहराइनका लागि मुहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए । बहराइनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दिपेश कँडेलले ९.५ ओभर बलिङ गर्दै ६ विकेट हात पार्दा केवल ४ रन खर्चिएर ८ मेडन ओभर फालेका थिए । यू-१९ एकदिवसीयमा कँडेलको यो मेडन ओभर र रनका हिसाबले विश्व कीर्तिमान हो । दुर्गेश गुप्ताले ४ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *