विदुर । विश्वविद्यालय अनुदान आयोगको भौतिकविकास अनुदानअन्तरगत छनोट भई नेपाल सरकारको खरीद ऐन अनुसार निर्माण प्रक्रिया अघि बढेको भवनको शिलान्यास वागमती प्रदेशका आर्थिक मामिलातथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमवीच शिलान्यास सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लामाले प्रादेशिक विश्वबिद्यालयको अवधाराणा रहेको र निकट भविष्यमा नै प्रादेशिक विश्वविद्यालयको रुपमा स्थापितगर्नका लागि आवश्यक पहलगर्नुका साथै क्याम्पसको समग्र विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्तगर्नु भयो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले क्याम्पसको समग्र बिकासमा विश्वविद्यालय अनुदान आयोगको योगदानको चर्चा गर्नु हुदै प्रि भिजिटले दिएका सुझावहरु सवै पूरा भई सकेकोले क्याम्पसलाई छिटो नै गुणस्तरीय सुनिश्चितताप्रत्यायन (क्यू ए ए) प्रमाणिकरण सम्पन्नहुने विश्वास ब्यक्तगर्नु भयो ।क्याम्पसलाई एउटा गुणस्तरीय शैक्षिकथलोको रुपमाबिकास गर्न र बिद्यार्थीलाई अध्ययन संगै कामको पनिब्यवस्थागर्ने योजना रहेको र क्याम्पसको भौतिकलगायत समग्र बिकासमाविभिन्ननिकायसंग समन्वय गरी कार्य गर्ने विचार ब्यक्तगनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथी नेपाली कांग्रेसका उप सभापती राजु थापाले क्याम्पसको समग्र शैक्षिक बिकासमा सवैपक्ष एकजुट लाग्न र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्तगर्नु भयो ।सभाका सदस्य बिन्दा अर्यालले बिद्यार्थीलाई क्याम्पसमा टिकाउन र क्याम्पस छोड्ने दरलाई घटाउनका लागि शैक्षिक गुणस्तर अभिवृद्धिका साथै नयाँ विषयहरु गर्न सुझावदिनुभयो । क्याम्पस प्रमुख नारायणमान डंगोलले क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि आवश्यककार्य गरी गरिरहेको धाराणा राख्नु भयो । क्याम्पसको भौतिक विकासमा प्रदेशको योगदान रहेकोले केहीअधुरा कार्यहरु सम्पन्न गर्नका लागि प्रदेश सरकारको ध्यानआकर्षण गर्नु भयो । क्याम्पसलाई गुणस्तरीय सुनिश्चितता प्रत्यायन (क्यू ए ए) प्रमाणिकरण गर्ने, बिद्यार्थी मैत्रीबातावरण बनाउने, क्याम्पसलाई आर्कषक ब्यवस्थापनगर्ने कार्यहरु भएको र आगमी दिनमा नमुनाक्याम्पसको रुपमा स्थापित गराउने प्रतिवद्धता ब्यक्तगर्नु भयो ।
उक्तक्याम्पसमाविश्व बैंकको ऋृण सहयोगमा सञ्चालनमा ल्याएको उच्चशिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम (-Nurturing Excellence in Higher Education Program–NEHEP_ अन्तगर्तको विस्तारित कार्यसम्पादनमाआधारित अनुदान(-Extended Performance Based Funding कार्यक्रम सञ्चालनमा रहेकोले क्याम्पसको लक्ष्य, रणनीतिक योजना, नीति तथाकार्यक्रम, सुशासन, तथ्यांक ब्यवस्थापनलगायतभौतिक क्षेत्रको बिकासमा परीयोजना सहयोग गर्ने धाराण परियोजना संयोजक सुकुमान डंगोलले बताउनु भयो । साथै बिद्यार्थीलाई आय आर्जनमा लाग्नतथाकाम गर्ने वातावरणका लागिश्रोतको खोजीभई रहेको र लर्न एण्ड अर्नका धाराणा अनुसार अघि बढ्ने योजना रहेको बताउनु भयो ।
नुवाकोटआदर्श बहुमुखी क्याम्पसले मिति २०८०।०५।०५को राष्ट्रिय दैनिक राजधानी र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट fO6 www.bolpatra.gov.np.egp, www.nabc.edu.np मा कुललागत अनुमान रु.१,३३,९१,४११।३५ रहेको प्रकाशित बोलपत्रको सूचना अनुसार म्यादभित्रदर्ता हुनआएका१८ वटा बोलपत्रदाताहरु मध्ये सार्वजनिकखरिद ऐन, २०६३ को दफा (२५) बमोजिमन्यूनतम मूल्याङ्गित सारभूत रुपम ाप्रभावग्राही रहेको बोलपत्र सार्वजनिकखरिद ऐन, २०६३ को दफा २७को उपदफा (१) बमोजिम गणेश निर्माण सेवा बिदुर नुवाकोट छनोट भई मिति २०८० सालकार्तिक २५ गते सझौता सम्पन्नभई कार्य गरी रहेको छ । उक्तफर्मको बोल कवोल रकम रु.९४,३४,४४३।३५ रहेको छ ।
गुणस्तरीय शिक्षाप्रदान गर्नु पर्छ र उच्चशिक्षालाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाउनु पर्छ भन्ने अभिप्रायले २०६८ साल देखि नै गुणस्तरीय सुनिश्चितताप्रत्यायन(क्यू ए ए ) प्रक्रियामा अघि बढेको थियो । क्यू ए एप्रक्रियाका १२० वटा मापदण्डहरु अन्र्तगतकाकतिपय सुचकहरु पुरा गर्दै अघि बढ्ने क्रमतथा २०७२ सालको भुकम्पको प्रभावकाकारण २०७२ सालमंसिर १ गते स्व अध्ययनप्रतिबेदन पेश भई २०७६ सालअसार ७गते देखि ९ सम्म प्रा.डा. बासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्धाराप्रि भिजिट सम्पन्नभई सकेको छ । सो समितिले क्यू ए ए प्रमाणीकरण गर्नकालागिबिभिन्न आठ वडा बिधामाआवश्यक सुझावहरु प्रदान गरेको थियो । सो सुझावहरुलाई समेटेर मिति २०८०।२।२३गते पुनरावलोकनप्रतिवेदनतथा २०८०।०३।११ गते स्व अध्ययन प्रतिवेदन समेत विश्वबिद्यालय अनुदानमा पेश भईसकेको र निकट भविष्यमा नै गुणस्तरीय सुनिश्चितता प्रत्याभुति (क्यू ए ए ) प्रमाणीकरण हुने प्रक्रियामा अघि बढेको छ ।
नेपालको संविधान २०७२ ले देश भरमा ३ तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्नका लागि तीनै तहमा शैक्षिक अधिकारहरु समेत प्रत्यायोजन गरेको छ । यसरी हेर्दा नुवाकोट आर्दश बहुमुखी क्याम्पस भौगोलिक, राजनैतिक तथा जनघनत्वको हिसावले पनि बागमती प्रदेशको प्रादेशिक विश्वबिद्यालयको रुपमा छलाङ्ग मार्न जरुरी छ ।
क्याम्पसको भौतिक संरचनालाई भरपुर उपयोगमाल्याई तीनतहको सरकार संग उचित सम्मन्वयगर्न सकेको खण्डमा प्रादेशिक बिश्वबिद्यालयको परीकल्पना साकार हुनेछ ।नुवाकोट आदर्श बहुमुखीक्याम्पसमामानबिकि, शिक्षाशास्त्र र ब्यवस्थापन संकायतथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करीब १५०० बिद्यार्थीहरु अध्ययनरत छन्। करीव७००० बिद्यार्थीहरुले ग्राजुएट हासिल गरी देशतथा बिदेशको बिभिन्न क्षेत्रमा उच्च ओहदामा आशिनहुन पुगेको छ । करीब ४५जना प्राध्यापक कर्मचारी कार्यरत छन् ।आगामीदिनमा बि एड आई सि.टि, बि आईटि, बिसिए, बिएचएम, बिबिएलगायतका नयाँ बिषय थपगर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।