कात्तिक, काठमाडौं । प्रहरीले दशै सकिएपछि तिहारसम्मको अवधिमा तास र लगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएका थिए । उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए । यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद गरेको थियो ।
Facebook Comments Box