गजल
तिमी हुने खाने म भए पो खाने उहि लास न हो।
तिम्रो महल मेरो कुटि आखिर उहि बास न हो।
तिम्रो वरिपरि चौरासी ब्यन्जन मैले खाने आंटा,
जसले जे जे खाएपनी केवल दुई गांस न हो।
तिमी सुटेट बुटेट टाइ भिर्छौ मेरो आङ्ग ढाक्ने बर्को,
जसले जति पहिरिए पनि उड्ने उहि कबास न हो।
तिम्राआफ्ना गाडी घोडा मेरा लम्किने छन दुई पाँउ,
बेलुन भरी उडेको यो जीवन उहि बतास न हो।
तिमी ठुलो जातको म सानु तर संसार यहीँ एउटै,
मरे खरानी माटो बाचुन्जेल उहि मुठी सांस न हो।
- अच्युत राज दाहाल
Facebook Comments Box