नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा ढुक्क छु : प्रधानमन्त्री दाहाल

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप-२८) मा नेपालको प्रस्तुतीले सकारात्मक तरंग ल्याएको बताएका छन् । आइतबार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका उनले नेपालको तर्फबाट आफ्नो प्रस्तुतीले त्यहाँ तरंग ल्याएको दाबी गरेका हुन् । प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सो सम्मेलनमा नेपाललाई सोचेभन्दा पनि बढी सन्तुष्टि मिलेको पनि बताए । सम्मेलनभर नेपाल, हिमाल र पहाडको विश्वभर धेरै चर्चा भएको प्रधानमन्त्री दाहालको दाबी थियो । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाललाई प्राथमिकतामा राखेकाले आगामी दिनमा अन्तर्राष्ट्रिय समुदायबाट जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहायता आउनेमा आफू ढुक्क भएको पनि बताए । प्रधानमन्त्री दाहालले कोप सम्मेलनभर नेपालको चर्चा विश्वभर गराउन पनि आफूहरू सफल भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *