काठमाण्डौ । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार ७ वटै प्रदेशमा दिक्षान्त ( Black belt 1St Dan,2nd Dan,3rd Dan Grading ) कार्यक्रमको सन्चालन गर्ने क्रममा बुधवार देखि संघले कोशी प्रदेशमा दिक्षान्त कार्यक्रम शुरु गरेको छ । कोशी प्रदेश स्थित धरानमा सन्चालन भएको उक्त दिक्षान्त कार्यक्रमको तेश्रो दिनको दिक्षान्तलाई नेपाल कराते महासंघका अध्यक्ष एवम राखेप पुर्व सदस्य-सचिव युवराज लामाले बिशेष प्रशिक्षण गराउनुभयो । कोशी प्रदेशको धरानमा सन्चालित उक्त दिक्षान्तमा सहभागी सम्पुर्ण प्रशिक्षार्थीहरुलाई करातेको बिगत,बर्तमान,भविष्यको योजना र लक्ष सहित कराते को शैद्धान्तिक ६ वटा ‘क’ (6k Policy ) बारे बिशेष प्रशिक्षण गराउनु भयो । 6K Policy अन्तर्गत (१)स्वास्थ्यका लागि कराते,(२)राष्ट्रका लागि कराते,(३)अनुशासनका लागि कराते,(४)आत्मरक्षा लागि कराते,(५)शान्ति र सामाजिक अभियानका लागि कराते , (६) अध्यात्म’बुदो’आत्मज्ञानका लागि कराते,बारे प्रकाश पारि अध्यक्ष लामाले प्रशिक्षण गराउनुभयो ।
उक्त कार्यक्रममा नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिह, नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ,नेपाल कराते महासंघका सल्लाहकार दिपेश शाक्य,कोशी प्रदेशका अध्यक्ष कुविरमान राई,नेपाल कराते महासंघका सदस्य राजेन्द्र बराल,नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’, नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघ कोशी प्रदेशका पदाधिकारीहरु,राखेप बरिष्ठ प्रशिक्षक किरण लामा,चन्द्रकला राई, प्रशिक्षकहरु कुन्ति गुरुङ्ग,मन कुमार राई तथा कोशी प्रदेशका जिल्ला पदाधिकारीहरु, ब्ल्याक बेल्ट प्रशिक्षक कमिटिका प्रमुखहरु,कोशी प्रदेश सितोरियो कराते संघका पदाधिकारीहरु,कोशी प्रदेश सितोरियो कराते संघका सबै किमिटिका पदाधिकारीहरु,स्वयम सेवक प्रशिक्षकहरु लगायत पत्रकार,समाजसेवी स्थानिय लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
करिव ३ सय जना सहभागी भएको उक्त कार्यक्रम ४ दिनसम्म निरन्तर सन्चालन हुने र २८ गते शनिवार सम्पन्न हुदैछ । कोशी प्रदेशका अध्यक्ष कुविरमान राईले संयोजन गरिरहेको उक्त कार्यक्रमको आज तेश्रो दिन,राखेप पुर्व सदस्य-सचिव एवम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपाल सितोरियो कराते संघका पदाधिकारीहरुलाई कार्यक्रममा सहभागी अघि स्थानिय पदाधिकारी,खेलाडी तथा करातेकर्मीले भव्य स्वागत गरेका थिए । यस अघि कार्यक्रमको उदघाटन कोशी प्रदेश सदस्य-सचिव हंशराज वाग्ले ले एक बिशेष कार्यक्रम बिच उदघाटन गरेका थिए । गण्डकी प्रदेशवाट शुभारम्भ भएको कार्यक्रम वागमती प्रदेश,लुम्विनी प्रदेश,कर्णाली प्रदेशमा सम्पन्न भईसकेको छ,भने हाल कोशी प्रदेशको धरानमा आयोजना भईरहेकोछ । संघको बार्षिक कार्यक्रम अनुशार अव बाकी रहेको सुदुर पश्चिम प्रदेशमा माघ महिना भित्र सम्पन्न हुने नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ले जानकारी गराए ।