धनकुटेवासी माझ राईको धमकेदार प्रस्तुती हुदै

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ३ माघ । एभरेष्ट इन्टरटेनमेन्ट ट्रेर्डिङ को. व्दारा हङकङ स्थित याक एण्ड यति रेष्टुरेण्ट एण्ड बारमा आयोजित विशेष सांगीतिक कार्यक्रममा आफ्ना दर्जन बढी चर्चित गीत गायक हङकङ वासीलार्ई मनोरञ्जन प्रदान गरि हालै फर्केका गायक पदम राईले आज साँझ धनकुटे वासीलाई नचाउने भएका छन् । पाख्रीवास नगरपालिका वडा नं. १ र २ को आयोजनामा पाख्रिवास २ सान्ने, चारतले डाँडामा हुने सांगीतिक कार्यक्रममा गायक राईले धनकुटे वासीलाई नचाउने भएका हुन् । कार्यक्रममा गायक पदम राईले के गुलियो छ र सखर चिनी, पछि पछि लागेर, यसो हेरे पुर्वतिर, बाटो घुमाउरो आदि गीत प्रस्तुत गर्ने छन् । गायक पदम राई स्थानीय स्तरमा आयोजना हुने स्टेज कार्यक्रममा मात्र होइन विदेशमा रहेका नेपालीहरुको समेत अत्याधिक माग हुने गायक बनेका छन् । केही समय पहिले दक्षिण कोरियाको सांगीतिक भ्रमण सक्काएर नेपाल फर्के लगतै हङकङमा आफ्नो सांगीतिक कार्यक्रम सक्काएर नेपाल फर्केको एक हप्ता बित्न नपाउँदै धनकुटा पुगेका गायक राईलाई कार्यक्रममा टिका मगर, सन्दिप मगर, संगीता लुंगेली मगर लगायतका स्थानीय कलाकारहरुले साथ दिने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *