सितोरियो करातेकोको स्पोर्ट डाटा सञ्चालन

Uncategorized
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ । नेपाल सितोरियो कराते संघले आफ्नो हेरक गतिबिधि चुस्त,दुरुस्त,पारदर्सिता सहित प्रत्येक सितोरियो करातेकर्मी बिच संघको सबै अफिशियल कार्यक्रम प्रत्यक्ष जानकारी गराउने उदेश्यले स्पोर्ट डाटा बेस र वेभ साईट आजवाट सन्चालनमा ल्याएका छन । उक्त स्पोर्ट डाटा बेस र वेभ साईटको ओैपचारिक शुभारम्भ सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रम विच उदघाटन गर्नुभयो । कार्यक्रमको उदघाटन गर्दै सदस्य सचिव घिसिङगले यो स्पोर्ट डाटा सन्चालन पछि सितोरियो करातेकर्मीले आफ्नो सबै डाटाहरु हेर्न सकिने भएको हुदा यो कार्यको खुलेर प्रशंसा गर्नुभयो , साथै अन्य संघहरुले पनि यो कार्यको थालनी गर्नुपर्ने बताउनुभयो । त्यसैगरि आगामी दिनमा स्पोर्ट डाटा सन्चालनले सितोरियो कराते मातहतमा रहेका देश भरिका डोजो / क्लव / बिधालयका खेलाडी,प्रशिक्षक सहित सम्पुर्ण सितोरियो करातेकर्मीको डाटा संकलन गरिने र उक्त डाटा बेसले सबै खेलाडीहरुले आफ्नो प्रमाण पत्र र आफुले प्राप्त गरेका उपलब्धिहरु सक्कली हो वा होईन,भनेर सजिलै हेर्न तथा जानकारी लिन सकिने नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले बताउनुभयो । नेपाल सितोरियो कराते संघका संरक्षक सहित रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले संसारको सुचना प्रबृद्धी ले फड्को मारिरहेको सन्दर्भमा यस डाटा बेस सन्चालनले सितोरियो करातेलाई ब्यवस्थित र सुदृढ गराउनमा बिशेष भुमिका निर्वाह गर्ने हुदा आगामी दिनको लागि गतिलो कार्य शुभारम्भ भएको प्रष्ट्याउनुभयो । डाटा बेस उदघाटन समारोहमा सिनियर कराते खेलाडी निर्मल सेढाईलाई मानार्थ ५ ओै डान प्रदान गरेका थिए । उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष मजिन्द्र सिंह,उपाध्यक्षहरु मकेन्द्र बहादुर सिंह,कृष्ण गौतम, प्रेमलाल वम्जन कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री,सितोरियो कराते संघका पदाधिकारीहरु,प्रशिक्षक खेलाडी तथा करातेकर्मीहरुको उपस्थिति रहेको थियो । डाटावेसको प्रभावकारिता वारे कराते राष्ट्रिय प्रशिक्षक कुशल श्रेष्ठ र निर्मल सेढाईले जानकारी गराएका थिए । स्मरण रहोस नेपाल सितोरियो कराते संघको गत भाद्रमा निर्वाचन सम्पन्न पश्चात देशैभरि दिक्षान्त कार्यक्रम सन्चाल भई ६ वटा प्रदेशमा सम्पन्न भईसकेको र यो डाटा बेस सहित वेभसाईट सन्चालन बिशेष उपलब्धिको रुपमा लिएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *