साफ यू–१९ महिला च्याम्पियसिप : नेपाललाई हराउँदै भारत फाइनलमा

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । लिग चरणको अन्तिम खेलमा भारतसँग ४–० ले पराजित भएपछि नेपाल साफ यू–१९ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल भएको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई गोल गर्दा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गरे । नेपालले चारै गोल दोस्रो हाफमा बेहोरेको थियो ।

खेलको ५४औँ मिनेटमा नेहाको गोलमार्फत भारतले अग्रता लिएको थियो । ८०औँ मिनेटमा स्नेहाले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

निर्धारित समय सकिन पाँच विकेट बाँकी छँदा सुलन्जनाले गोल गरेपछि भारत ३–० ले अगाडि बढ्यो । इन्जुरी समयमा सिन्डीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाइन् ।

पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो । भारतले पहिलो खेलमा भुटानलाई १०–० ले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।  जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारतले अब उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *