अमेरिकामा एरिकालाई १ स्वर्ण र १ रजत

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।१९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९-० ले पराजित गरेकी थिइन् । यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् । सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित भइन् । नेपालबाट सहभागी अर्का खेलाडी विप्लपलाल श्रेष्ठ भने सेमिफाइनलमै रोकिए । नेपाली टोलीको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *