कांग्रेस संगठन विभागद्वारा खेलाडिलाई पोशाक वितरण

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

विदुर । प्रथम स्व.ध्रुव अमात्य स्मृति कप २०८१ जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सहभागी हुने स्थानीय बट्टार युवा क्लबका खेलाडिहरुलाई नेपाली कांग्रेस नुवाकोटले पोशाक वितरण गरेको छ । कांग्रेस संगठन विभागका प्रमुख श्रीराम श्रेष्ठले एक कार्यक्रमका बीच खेलाडिहरुलाई करिव २० थान पोशक हस्तान्तरण गर्नुभएको थियो । जिल्लामा खेलकुदको विकास र खेलाडिहरुलाई प्रोत्साहनका लागि पोशाक उपलब्ध गराइएको श्रेष्ठले बताए । कार्यक्रममा खेलाडि तथा क्लबका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *