नेकपा एकिकृत समाजवादीको मकवानपुरको अधिवेशन सम्पन्न

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नेकपा एकिकृत समाजवादीको मकवानपुरको अधिवेशन सम्पन्
हेटौंडा २१ बैशाख । नेकपा एस वडा नं. १७ कमिटीले नेकपा एकिकृत समाजवादीको मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाइ, शुभकामनाका साथै सम्मान गरेको छ । उक्त कार्यक्रममा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा कमिटीका अध्यक्ष रामकुमार अर्यालले कमिटी सञ्चालानको क्रममा आइपर्ने अप्ठेराहरु र चुनौतीहरुको सामना गर्दै पार्टीको काममा निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सथै नव निर्वाचित अध्यक्ष बिष्णु प्रसाद दहालले कार्यक्रमको सराहना गर्दै पार्टी निर्माणको काममा जिल्ला कमिटीले कहिँ कतै कसर नरहने गरि पुरै जिल्ला कमिटी लाग्ने र पार्टीलाई नम्बर १ पार्टी बनाउने उध्घोस गर्नु भयो । मन्तव्यको क्रममा वहाँले सम्पुर्ण पार्टी सदस्यहरुलाई आआफ्नो स्थानबाट पार्टी निर्माणमा उत्साहित भएर लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रम विभिन्न जनबर्गिय संगठन जिल्ला कमिटीका जिल्ला प्रमुखहरुको पनि उपस्थिती थियो । वडा कमिटी १७ ले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी नवनिर्वाचित जिल्ला कमिटी मकवानपुरका अध्यक्ष क. बिष्णु प्रसाद दहाल हुनु हुनुहुन्थ्यो । कार्यक्रमलाई वडा कमिटी १७ का सचिव क.नारायण ढकालले सहजिकरण गर्नु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *