काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका निम्ति ६ जनाको उमेदवारी परेको छ । सञ्चार तथा सूूूचना प्रविधि मन्त्रालयका अनुुुसार, मेघराज खड्का (रुकुुुुम पश्चिम), संगीता खड्का (काठमाडौं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुयाँल (सिन्धुुली)को उमेदवारी परेको छ ।
समितिको अध्यक्ष पदका निम्ति सञ्चार मन्त्रालयले वैशाख १६ गते सूचना जारी गरेको थियो । सोही सूूचनाबमोजिम उनीहरूले दरखास्त दिएका थिए । उनीहरूका दरखास्त स्वीकृत भएको सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुुवेदीले जानकारी दिए ।
श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न र त्यस्तो पारिश्रमिक रकम आवश्यकतानुसार पुनरवलोकन गर्ने सम्बन्धमा नेपाल सरकारसमक्ष सिफारिस गर्नका निम्ति न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरिएको हो । रासस
Facebook Comments Box