कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पर्वतारोही कामिरिता शेर्पाले २९औँ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले सबैभन्दा बढी सगरमाथा चढ्ने आफ्नै पुरानो रेकर्ड तोडेका हुन् । उनी सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् ।

सेभेन समिट ट्रेक्सले सामाजिक सञ्जालमा भनेको छ, “यो आरोहणले कामिरितालाई ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि दिलाएको छ ।”

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत कामिरिता सोलुखुम्बुको थामेका हुन् । ५४ वर्षीय कामिरिताले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आइरहेका छन् । उनले सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सर्पोट स्टाफ सदस्यको रुपमा सामेल हुँदा सुरु गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *