तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए शपथ

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । आइतबार साँझ मोदीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूबाट शपथ लिएका हुन् । उनलाई शुक्रबार साँझ राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सरकार प्रमुखहरू सहभागी थिए । जुन ४ मा सार्वजनिक भएको लोकसभा चुनावको नतिजामा एनडीए गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । भाजपा नेतृत्वको एनडीएले ५४३ सदस्यीय लोकसभामा २९३ सिट पाएको छ । मोदी सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा  दोस्रोपटक प्रधानमन्त्री बने । दुई कार्यकालमा उनी भाजपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, अहिले उनी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *