प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *