सिंहदरबारका क्यान्टिनबाट चार बालश्रमिकको उद्धार

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रका क्यान्टिनमा काममा लगाइएका बालश्रमिकको उद्धार गरेको छ। महानगरकाे सामाजिक विकास विभाग र नगर प्रहरीको टोलीले चारजना बालबालिकाको उद्धार गरेको हो।

उद्धार गरिएका चारैजना बालबालिका सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूमा काममा लगाइएका थिए। टोलीले सेन्ट्रल क्यान्टिनबाट दुईजना बालिका, उद्योग मन्त्रालयको क्यान्टिनबाट एक बालक र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको क्यान्टिनबाट एक बालक गरी चारजना बालबालिकाको उद्धार गरेको जनाएकाे छ। उद्धार गरिएका बालबालिकालाई बाल संरक्षण गृहमा राखिएको महानगरले जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *