त्रिशूलीमा ८ वटा शव फेला‚ ५ जनाको पहिचान खुल्यो

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ : उद्धारमा खटिएका सुरक्षाकर्मीले त्रिशूली नदीमा बेपत्ता भएका बस खोजीका क्रममा ८ वटा शव फेला पारेका छन्। शुक्रवार नारायणगढ(मुग्लिन सडक खण्डको सिमलतालमा दुईवटा बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका थिए। तीमध्ये ५ वटा शवको पहिचान खुलेको छ भने ३ वटा शवको सनाखत हुन बाँकी रहेको नेपाली प्रहरीले जनाएको छ।

गणपति डिलक्स बसमा सवार भारत बिहार सीतामढीका २८ वर्षीय ऋषिपल साह‚ बिहार पश्चिम चम्पा बेतियाथानाका २० वर्षीय जयप्रकाश ठाकुर‚ सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी‚ चितवनको माडी नगरपालिका-१ का २१ वर्षीय विकास परियार छन्। यसैगरी एन्जल बसमा सवार भारत बेतिया मझेलियाथाना गुठिया इन्दुका साजद अन्सारी रहेका छन्। तीनजना पुरुषको शव पहिचान खुल्न सकेको छैन।

उक्त उद्धारका बारेमा जानकारी लिन आज गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, बलाधिकृत अशोकराज सिग्देल, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक सहितको टोली घटनास्थल  पुगेका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *