अमेरिकामा गीत रेकर्ड गराए गायक शर्माले

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

बाल्टिमोर १६ भाद्र । संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो माटो, कलासंस्कृतिलाई भुल्नु हुँदैन भन्ने बुझेका गायक रुद्र शेखर शर्माले दर्जनौ नेपाली गीतमा स्वर दिइसकेका छन् । पछिल्लो समय उनले अमेरिकामा अंग्रेजी गीतको पनि रेकर्ड गराएका छन् । अमेरिकन गीतकार जो.आर.को शब्द तथा संगीतमा गायक शर्माले ‘टेक मि ब्याक’ बोलको गीत रेकर्ड गराएका हुन् । हालै मेरिल्याण्डको बाल्टिमोर स्थित आर.एल. रेकर्डिङ स्टुडियोमा उनको गीत रेकर्डिङ भएको हो । प्रेम भावको गीतले आफ्नो पुरानो प्रेम कथालाई स्मरण गरेको रुद्रले बताए । नेपाली गीतको तुलनामा स्वभावैले अंग्रे्रेजी गीत गाउनलाई गाह्रो जस्तो लागेपनि आफुले सकेसम्म राम्रो गर्ने प्रयास गरेको उनको भनाई छ ।
गायक शर्माले गीति एल्बम निकाल्नुका साथै चलचित्रमा समेत गीत गाएका छन् । नेपाली गायनमा चर्चा बटुली रहेका गायक शर्माले अंग्रेजी गीतलाई पनि उत्तिकै न्याय गरेर गाएको रेकर्डिस्ट राजु लामाले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *