राजतन्त्र र हिन्दुराज्य पुनस्थापना राप्रपाको प्रमुख लक्ष्य हो: डिकप्रसाद वास्तोला

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)

डिकप्रसाद वास्तोला
प्रवक्ता, राप्रपा, ओखलढुङ्गा

डिकप्रसाद वास्तोला राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । राजनीतिक यात्राको व्रmममा यतिवेला वास्तोला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ओखलढुङ्गा जिल्ला कार्यसमितिको प्रवक्ता हुनुहुन्छ । उहाँ २०५४ सालमा राप्रपामा प्रवेश गर्नु भएके हो । उहाँ राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको ओखलढुङ्गा जिल्ला कार्यसमितिको अध्यक्ष हुनुभयो । २०६२ सालमा राजा ज्ञानेन्द्र ओखलढुङ्गामा सवारी हुँदा स्वागत समितिमा रहेर सव्रिmय भूमिका निर्वाह गरेको वास्तोला बताउनु हुन्छ । उहाँ सामुदायिक विद्यालय अभिभावक संघको केन्द्रीय सदस्य हुनुहुन्छ । सामाजिक क्षेत्रलाई आधार मानेर राजनीति गरिरहनु भएका वास्तोला गत संसदीय निर्वाचनमा ओखलढुङ्गामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्थ्यो । राप्रपाको संगठन विस्तारमा अहोरात्र सव्रिmय रहनुभएका वास्तोलाले यस व्रmममा सिद्धिचरण नगरपालिकाको ८ वटा वडामा वडा समिति गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । मिलनसार, इमान्दार, स्वच्छ छवि भएका राप्रपाका युवा नेता डिकप्रसाद वास्तोलासँग देशको समसामयिक विषयमा गरिएको कुराकानी :

मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ?
हाम्रो देशमा कुनै पनि क्षेत्रमा सुशासन छैन । जताततै भ्रष्टाचार मौलाएको छ । युवाहरु जति विदेश पलायन हुनु परेको छ । विकास निर्माणका काम ठप्प छन् । सरकारको नीति राम्रो नभएकाले ठेक्का लागेका विकास निर्माण कामहरु समयमै सम्पन्न नभई ठेकेदारहरु भागेको अवस्था छ । आज जनता झन झन गरिब भइरहेका छन् । आज भन्यो भोली भन्यो देश झनझन गरिब भइरहेको छ । जताततै विकृति छ । कुन दिन देश वंगलादेश वा श्रीलंका जस्तो हुने हो भनेर चिन्ता लिनु पर्ने अवस्था छ । देशभर अराजकता छ । राजनीतिक दलका नेता मात्र मोटाइ रहेको अवस्था छ । राजनीतिबाट जनतालाई वितृष्ण उत्पन्न हुँदै गएको देखिन्छ । ‘राजा नभएपछि देश यस्तै हुन्छ’ भनेर जनता आवाज उठाइरहेका छन । अहिलेको मुलुकको निकास भनेको अभिभावकीय राजतन्त्र नै हो । त्यसो त विभिन्न नाममा जनता प्रतादित छन् । हुन पनि देशलाई बचाउन पहिला हामी सबै सजग हुनु पर्ने समय आएको छ । देश रह्यौं भने हामी भोली पनि राजनीति गरौला, देशै रहेन भने हामी कहाँ गएर बस्ने ? त्यसैले पहिला देश बचाउने, देश बनाउने बाटोमा सव्रिmय होउ । आपसका झैझगडा विर्सेर देशको लागि हामी सबै एकजुट हुने बेला आएको छ ।

मुलुकभर फैलिरहेको भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
त्यसो त भ्रष्टाचार त गाउँ गाउँ देखि केन्द्रसम्म नै फैलिरहेको छ । अब हरेक किसिमका भ्रष्टाचार अन्त नगर्ने हो भने सर्वसाधारणले ठुलो दुःख पाउने अवस्था छ । किन भने भ्रष्टाचारमै ठुला दलका नेताहरु संलग्न छन् । भ्रष्टाचारमा संलग्न हुने अनि विभिन्न प्रपञ्च गरेर नेताहरुले सफाइ पाइरहेको अवस्था छ । राजनीतिक पहुच नभएकाहरु अकारण पनि भ्रष्टाचारमा फस्दै गएको देखिन्छ । त्यो त अख्तियारको प्रमुख आयुक्त, आयुक्त जस्ता पद राजनीतिक भागवडाकै आधारमै गर्ने गरिएका छन् । त्यसैले अख्तियारका आयुक्त प्रमुख आयुक्तले निर्णय गर्दा नेताको मुख हेरे निर्णय गरिरहेको भनिन्छ, यो सत्य पनि हो । पहिला अख्तियार जस्ता निकायलाई स्वच्छ र पारदर्शी नबनाई देशबाट भ्रष्टाचार अन्त होला भनेर कल्पना नगरे पनि हुन्छ । सिधा साधा फस्ने, राजनीतिक पहुचवालाले भ्रष्टारमा उन्मुक्ति पाउने अवस्था कति दिन रहने ? यो गम्भीर र सोचनीय विषय हो ।

नेपालमा सोचेजस्तो विकास किन भइरहेको छैन ?
त्यो त देशमा सोचेजस्तो विकास नहुनुको प्रमुख कारण राजनीतिक पार्टीका नेताहरु इमान्दार र वफादार नहुनु नै हो । यसै मेसोमा भन्नु पर्दा विदेशी लगानी भित्र्याउन नसक्नाले पनि विकास निर्माण हुन नसकेको देखिन्छ । हाम्रो जस्तै देशमा राम्रो सँग विकास हुनु तर हाम्रो देश गरिब हुनुको कारण पहिला आफ्नै कमि कमजोरीलाई केलाउनु पर्छ । जब नेताहरु सुध्रिदैनन्, विकास निर्माणमा सरोकार राख्ने इमान्दार हुदैनन् देश विकास पनि हुन सक्दैन । हुदैन पनि राज्यलाई गरिब पार्ने कारक प्रधानमन्त्री मन्त्रि देखि सरकारी सम्यन्त्रमा बसेका नै हुन भनेर भन्दा के दुःख मान्नु ?

देशव्यापी फैलिरहेको महँगीबारे के भन्नु हुन्छ ?
देशभर झन झन महँगी बढ्दै गएको हुरा लुकाए लुक्दैन । जनताको आय स्रोत घट्दै गएर महंगी धान्नै नसक्ने अवस्था छ । कृषिमा जति लगानी गरे पनि राम्रो प्रतिफल नपाएको अवस्था छ । गाउँ घरका युवा विदेशिएका छन, अब कृषिमा को लाग्छ । गाउँ घर युवा विहिन जस्तो भइसकेको छ । त्यसमाथि मुल्य निर्धारण गर्ने र अनुगमन गर्ने सरकारी निकायको जवाफ हिनताले झन बढी मुल्य बृद्धि भइरहेको छ ।

राप्रपा यति वेला के गरिरहेको छ ?
यस व्रmममा राप्रपाले देशभर भएका भ्रष्टाचारका कुरा प्रमुख रुपमा उठाई रहेको छ । राजतन्त्र र हिन्दुराज्य स्थापना राप्रपाको प्रमुख लक्ष्य हो । यो उद्देश्य पुरा गर्न राप्रपा गाउँ गाउँ, टोल टोल, जिल्ला जिल्ला पुगिरहेको छ । ‘मन–मनमा राप्रपा, घर–घरमा’ राप्रपा भन्ने कुल नारामा राप्रपा सव्रिmय छ । साच्चै भन्ने हो भने देश र जनताको माया भएको पहिलो पार्टी राप्रपा नै हो । राप्रपा आफ्ना एजेण्डामा अडिग छ । राप्रपाले अभिभावकीय राजतन्त्र र हिन्दु राज्यको जुन एजेण्डा बोकेको छ, यो एजेण्डा पुरा गरेरै छोड्छ । हामी जनतालाई जागृत पार्न गाउँ–गाउँ, टोल–टोल पुगेका हौं ।

राजतन्त्र हिन्दु राज्य स्थापनाका लागि कसरी अघि बढिरहनु भएको छ ?
राजतन्त्र स्थापना गर्न धार्मिक सभा, कोण सभा र आम सभा गरि जनतालाई जागृत गरिरहेका छौं । राप्रपाको मुख्य एजेण्डा भनेको अभिभावकीय भूमिकामा राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सनातन सद्भावपूर्ण हिन्दु राष्ट्र स्थापना र प्रदेश खारेजी, कामहिन जिल्ला समन्वय समिति खारेजी नै हो । यो एजेण्डा पुरा गर्न राप्रपा आफ्नो शक्ति लगाइ रहेको छ । जनतालाई घरदैलोमै पुगेर बुझाइ रहेको छ । जब सबै जनताले बुझ्छन् । त्यो दिन राम्रो एजेण्डा स्थापित हुनेछ ।

के नेपालका राजसंस्था पूनस्थापित होला ?
त्यो त हजारौ राजा पालेर बस्नु भन्दा अभिभावकको रुपमा राजसंस्था चाहिदो रहेछ भनेर जनताबाट आवाज उढ्न थालेको छ, उठिरहेको छ । राजाविना अब देश चल्न सक्दैन भन्ने आम जनआवाज सहि हो । जनता नै उठेर राजतन्त्र वहाली गर्ने छन भन्ने हामीलाई लागेको छ ।

नेपाल हाँक्न कस्तो नेतृत्व आवश्यक छ ?
यसै मेसोमा भन्नु पर्दा देश हाँक्ने नेतृत्व देशप्रति माया भएको, भ्रष्टाचार नगर्ने, जनताको भावना बुझ्ने इामान्दार र स्वच्छ हवि भएको चाहिन्छ । त्यसैले अबको देशको नेतृत्व राप्रपाले मात्र गर्न सक्ने प्रमाणित भइसकेको छ ।

ठुला दलका गतिविधीलाई कसरी नियाल्नु भएको छ ?
ठुला दलको अहंकारले राजनीति विकृत बन्दै गइरहेको छ । म मात्र ठुलो भनरे नेताहरुले अहंकार पालिरहेको देखिन्छ । हामीले मात्र देश चलाउन सक्छौं, अरु पार्टीले त पार्टी नै होइन भने जस्तो गरिरहेका छन् । ठुला ठुला भ्रष्टाचारको काण्डहरु लुकाउन ठुला दलका नेताहरु नै लागि रहेको अवस्था छ । ठुला नेताहरु कमिसनमा लिप्त भएर रोजगारीको नाममा जनता बेच्न समेत पछि परेका छैनन् । अब पनि यहि तीन वटा प्रमुख दललाई विश्वास गर्ने हो भने सर्वसाधारणले सुशासनको कहिल्यै अनुभुतिको अनुभव गर्न पाउने छैनन् ।

राप्रपामा राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनु भएको छ ?
हाम्रै पार्टीको कुरा गर्दा हाम्रा पार्टीका श्रदीय अध्यक्ष राजेन्द्र लिङ्देन सक्षम नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । एक रुपैया घुस खानु भनेको आमाको रगत खानु सरह हो भनेर भन्नु भएको छ । के अन्य दलका नेताहरुले यस्तो भन्न सक्छन् । राजेन्द्र लिङ्देन इमान्दार, स्वच्छ छवि भएकोले राप्रपाको संगठन झन झन मजवुत हुँदै गएको छ । राजेन्द्र लिङ्देन कै कारण राप्रपाको संगठन यसरी मजवुत भएको हो ।

अन्तमा सन्देश दिनुस न ?
राप्रपा ओखलढुङ्गा कार्य समितिको पूवक्ताको रुपमा भन्नु पर्दा ओखलढुङ्गामा राप्रपाको संगठन विस्तारित गर्न ‘मनमनमा राप्रपा, घर घरमा राप्रपा’ भन्ने मुल नाराका साथ हामी जनताको घर दैलोमा गइरहेका छौं । आगामी निर्वाचनसम्म हामी ओखलढुङ्गाका सबै क्षेत्रमा जित्ने अवस्थामा पुग्ने विश्वासका साथ संगठन गरिरहेका छौं । यो हाम्रो उद्देश्य पुरा गर्न ओखलढुङ्गाका सबै आमा बुबा, दाजुभाई दिदी बहिनीमा हार्दिक अनुरोध गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *