नक्सा पुर्याउने ‘सस्तो लोकप्रियतावादी’ काम छोडौं, गम्भीर गृहकार्यमा ध्यान जावस: थापा

खवर पाटी (खोज खबरको अभियान)

नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्।
सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्। काम नभएका मन्त्रीजीहरुलाई कोभिड(१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् ।

यी माथिका हरपहरु हुन नेता कमल थापाले आफ्नो फेसबुक पेजमा पोष्ट गरेका । थापाले प्रधानमन्त्री ओलीलाई अहिले नेताहरुको घरघरमा गएर नक्सा बाढ्नु सट्टा अतिक्रमित भूमि फिर्ता गर्नका लागि गर्नु पर्ने गम्भीर गृहकार्यमा सबै भन्दा बढी ध्यान जानु पर्ने कुरामा जोड दिएका छन ।
थापाले काम नभएका मन्त्रीहरुलाई जिल्ला जिल्लामा कोरोना नियन्त्रणका लागि खटाउन पनि आग्रह गरेका छन ।

Facebook Comments Box